८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

शितगंगा–१३ मा टायल मार्बल फिटिङ्ग तालिम सम्पन्न

अराज बेल्बासे अर्घाखाँची, शितगंगा –
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सहयोगमा शितगंगा नगरपालिका वडा नम्बर १३ मा ३९० घण्टे टायल मार्बल फिटिङ्ग तालिम सम्पन्न भएको छ । वडाका महिला तथा पुरुष गरि १५ जनालाइ उत्त तालिम प्रदान गरिएको थियो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि शितगंगा नगरपालिकाकी उपप्रमुख गीता भाटले सीपमूलक तालिमहरू स्थानीय रोजगार सिर्जनाका लागि महत्वपूर्ण हुने बताउनु भयो । तालिममा सहभागी सबैलाई आफ्नो सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गर्नु भयो ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले तालिमको मुख्य उद्देश्य स्थानीय युवाहरूलाई स्वरोजगार बनाउनु रहेको बताउदै सिकाइएका सीपहरूलाई व्यवसायमा परिणत गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भयो । समापन समारोहमा बोल्दै उँहाले हाम्रो उद्देश्य केवल तालिम प्रदान गर्नु मात्र होइन, सिकेका कुरालाई व्यवहारिक रूपमा प्रयोग गर्न प्रेरित गर्नु रहेको बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बिसीले तालिम सञ्चालनका लागि सहयोग गरेकोमा घरेलु तथा साना उद्योग कार्यालयलाई धन्यवाद दिनु भयो ।बिसीले स्थानीय सरकारको तर्फबाट आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन र नरन्तरता दिने गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
शितगंगा नगरपालिका रोजगार शाखाका संयोजक रमेश बेल्बासेले तालिमको प्रभावकारीता र आवश्यकताबारे बताउदैे सीप सिकेर स्वरोजगार बन्नु नै दिगो आर्थिक विकासको आधार भएको बताउनु भयो । तालिममा सहभागीहरूले व्यावहारिक रूपमा टायल तथा मार्बल फिटिङ्ग गर्ने सीप सिकेका थिए। तालिमपछि सहभागीहरूले सिकेका सीपहरूबाट आयआर्जन गर्ने तथा व्यावसायिक रूपमा अघि बढ्ने इच्छा व्यक्त गरे। तालिम समापन कार्यक्रममा वडा सदस्यहरू, स्थानीय अगुवाहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। समापन कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कायाएालयका हुम बहादुर बिकले गर्नु भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • अचम्मित (50%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?