२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

लुम्बिनी प्रदेशमा कुन मन्त्रालयमा कति बजेट

न्युजपाना अर्घाखाँची / लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । अहिले सङ्घीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने गरी मन्त्रालयहरूलाई सिलिङ प्रदान गरिएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा बजेटमा प्रदेशमा मन्त्रालयगत रुपमा २१ अर्ब ४९ करोडको सिलिङ तोकेको छ । यस्तै समपूरक, विशेष, स्थानीय सशर्त आदिका लागि करिब ८ अर्ब ७१ करोड रुपैयाँ छुट्याइने प्रारम्भिक अनुमान छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म जम्मा ३४ प्रतिशत बजेट खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय प्रमुख दीपक ज्ञवालीले चैत मसान्तसम्म १३ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको बताए । जसमध्ये चालु बजेटमा ६ अर्ब २१ करोड ५१ लाख र पुँजीगत बजेटमा ७ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ ।

आगामी आर्थिक वर्षमा प्रदेश सभाका लागि २३ करोड ४० लाख रुपैयाँको बजेट आउने प्रारम्भिक अनुमान गरिएको छ गत बर्ष ३३ करोड ८ लाख रुपैयाँ बजेट थियो ।

प्रदेश लोक सेवा आयोगमा ६ करोड ९० लाख बजेट विनियोजन हुने अनुमान गरिएको छ । गत बर्षे १० करोड बजेट रहेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा करिब ९ करोड १ लाख रुपैयाँको हाराहारीमा बजेट आउने अनुमान रहेको छ गत बर्ष १३ करोड बजेट रहेको थियो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आगामी आर्थिक वर्षका लागि १ अर्ब २२ करोड ९० लाख बजेट आउने अनुमान छ । गत बर्ष १ अर्ब ९५ करोड ९२ लाख ५० हजार रहेको थियो ।

वन तथा वातावरण मन्त्रालयको आगामी आर्थिक वर्षमा ८८ लाख ७७ हजार रुपैयाँमात्रै हुने अनुमान छ । गत बर्ष २ अर्ब ७ करोड २७ लाख बजेट रहेको थियो

चालु आर्थिक वर्षका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा १ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि जम्मा २२ करोड ९० लाख रुपैयाँमात्र विनियोजन हुने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको १३ अर्ब ७७ करोड बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि ४ अर्ब ८३ करोड ९० लाख रुपैयाँ बजेट आउने अनुमान छ ।

ग्रामीण तथा सहरी विकास मन्त्रालयको ५ अर्ब ९५ करोड १९ लाख रुपैयाँ बजेट रहेकोमा आगामी आर्थिक वर्ष १ अर्ब ९३ करोड २० लाख रुपैयाँ आउने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको ४ अर्ब ४३ करोड ४४ लाख बजेट रहेकोमा आगामी आर्थिक वर्ष १ अर्ब ४३ करोड ६० लाख आउने अनुमान गरिएको छ ।

सामाजिक विकास मन्त्रालयसँग २ अर्ब ८८ करोड ७७ लाख बजेट रहेकोमा आगामी आर्थिक वर्ष यो मन्त्रालयको बजेट ८५ करोड आउने अनुमान गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १ अर्ब ५२ करोड ९७ लाख बजेट रहेकोमा आगामी आर्थिक वर्षमा उक्त मन्त्रालयको बजेट ७१ करोड ९० लाख आउने अनुमान छ ।

ऊर्जा मन्त्रालयमा २ अर्ब १४ करोड ५० लाख बजेट छुट्याउने अनुमान गरिएको छ ।

हालै स्थापना भएको महिला बालबालिका मन्त्रालयमा १५ करोड ३० लाख बजेट आउने अनुमान रहेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?