बिकास घिमिरे, न्युजपाना
शितगंगा नगरपालिका वडा नम्बर १० ले जनताको आवश्यक्ताका आधारमा योजना बनाएको देखिन्छ ।वडा भित्र शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी नाला तथा ढल जस्ता विविध किसिमका समस्याहरु समाधान तर्फ वडा कार्यालय अगाडी बढेको वडापालिकाले जनाएको छ ।जनताका सबै समस्यालाई मध्यनजर गरेर वडा पालिकाले अग्रआगामी कार्यक्रमहरु अगाडि बढाएको वडा अध्यक्ष केशब बेल्बासेले जानकारी दिनुभयो ।जनताको समस्यालाई समाधान गर्ने काम सरकारले हो । वडा अध्यक्ष बेल्बासेले भन्नुभयो“ जनताको समस्या न्यूनीकरण गर्न वडापालिकाले निरन्तर पहल गरिरहेको छ । ”स्थानीय क्षेत्रमा कृषि र सिचाईका लागि देखिएको कठिनाईलाई समाधान गर्न पाइप तथा धाराको वडापालिकाले गरेको वडा अध्यक्ष बेल्बासे बताए । उनले कृषकहरुलाई कृषि सामग्री उपलब्ध गराउने कामले निरन्तरता पाएको जानकारी दिए ।विद्यालयहरुमा भौतिक व्यवस्थापन तथा शैक्षिक सामग्रीमा वितरण गरिएको बताउदै वडा अध्यक्ष बेल्बासे ले आगामी वर्ष नयाँ योजनाका साथ अगाडि बढ्ने वडापालिकाले जनाएको छ ।शिक्षा, स्वास्थ्य, कृषि, सीपमुलक तालिम, जनचेतना कार्यक्रम, मठमन्दिर, सडक निर्माण तथा फोहोर मैला व्यवस्थापनका लागि समेत पहल भइरहेको वडा अध्यक्ष बेल्बासे जानकारी दिए ।कृषिका लागि चाहिने मलखाद,विउँ विजन, विषादी तथा यन्त्र उपकरण उपलब्ध गराउने योजना वडापालिकाको देखिन्छ ।विद्यालयका लागि भौतिक पूर्वाधार, शिक्षण सामग्री तथा विद्यार्थीका लागि खेलकुद सामग्री र खेलमैदान व्यवस्थापनका लागि समेत वडापालिकाले पहल गरेको जनाएको छ ।
गरिव दु:खी, असाहय र बृद्ध बृद्धाहरुका लागि स्वास्थ्य चौकीमा चेकजाँच, विभिन्न किसिमका नि:शूल्क औषधी तथा औपचारिक र अनौपचारिक रुपमा तालिम प्रदान गर्ने योजना वडाको योजना देखिन्छ ।विभिन्न किसिमका सामाजिक विकृति, विसङ्गगि, अन्धविश्वास, कुरितिलाई हटाई सभ्य समाजको निर्माण गर्नका लागि जनचेतना मूलक कार्यक्रम गर्ने योजनामा रहेको छ ।जनताको कार्य लाई अत्यन्तै सरल, सहज र सुरक्षित रुपमा प्रदान गर्नका लागि वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु सहकार्यका साथै अगाडि बढेको वडा सचिवले जानकारी दिए ।