३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

पाठेघरको मुखको क्यानसर बिरुद्ध खोप अभियान चलाइदै

अराज बेल्बासे पौस २८ अर्घाखाँची
शितगंगा नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी (जउख ) खोप अभियान सुरु गर्ने भएको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले नगरपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुलाई पहिलो चरणमा खोप सञ्चालन गरिने जानकारी दिनुभयो। यो अभियान अन्तर्गत यस वर्ष १५ सयभन्दा बढी छात्रालाई खोप दिने तयारी गरिएको छ।


नगर प्रमुख छबिलाल पौडेल, प्रमुख प्रशासकीय अधिकृत मदन जिसी, योजना शाखा प्रमुख नुमलाल खनाल, शिक्षा शाखा प्रमुख विनोद पोख्रेल, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा पालिका स्तरीय खोप समन्वय समिति अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रस्तुति दिँदै शाखा प्रमुख ढकालले विश्वभरमा छातीको क्यान्सरपछि महिलामा सबैभन्दा बढी देखिने क्यान्सर पाठेघरको मुखको क्यान्सर रहेको बताउदै यसको रोकथामको लागि शिबिर मार्फ परिक्षण समेत नगरपालिकामा सुरु गरिएकोर स्वास्थ सस्थामा समेत नियमित परिक्षण हुने गरेकोले सबै महिलाहरुले परिक्षण गरि जोखिमबाट बच्न अनुरोध गर्नु भयो ।

यो क्यान्सर गर्भाशयको तल्लो भागमा अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा हुने गर्दछ। यस प्रकारको क्यान्सर प्रायः महिलामा ३५ देखि ४० वर्षको उमेरपछि देखिन्छ। नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु यस क्यान्सरबाट हुने सरकारी तथ्याङ्क रहेको ढकालले बताउनु भयो ।


विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य राखेको छ। यस लक्ष्यलाई हासिल गर्न सरकारले आगामी ६ वर्षमा ९ देखि १४ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीहरुलाई एचपीभी खोपको पूर्ण मात्रा लगाउनुपर्ने लक्ष्य राखेको छ। यस अभियानमार्फत शितगंगा नगरपालिकाले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन महत्वपूर्ण कदम चालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • आक्रोशित (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?