सीतापुर रुपन्देही सिर्जनशील समूहको आयोजनामा २०८१ सालको भित्ते पात्रो विमोचन

सीतापुर रुपन्देही सिर्जनशील समूहको आयोजनामा नयाँबर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान–प्रदान एवं भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
Vice Roy Hotel नयागाउँमा २०८० चैत्र २४ शनिबार आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि माधव बन्जाडेसहित अन्य अतिथिहरुले संयुक्त रुपमा भित्ते पात्रो विमोचन गर्नुभएको हो ।
भित्तेपात्रो विमोचनपछि आयोजित सभामा बोल्दै प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाइ ,रुपन्देही प्रमुख बन्जाडेले सस्थाले रचनात्मक एवं दीर्घकालीन महत्व राख्ने कार्यक्रम गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा सीतापुर रुपन्देही सिर्जनशील समूहका सल्लाहकार कृष्ण अधिकारी, तिलक खनाल, राम प्रशाद न्यौपाने र विशेष अतिथि लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सह सचिव प्रकाश क्षेत्रीले भितेपात्रो प्रकाशनमा निभाएको विशेष भूमिकालाइ लिएर उहाँलाइ अध्यक्ष लगाएत प्रमुख अतिथिबाट सम्मान गरिएको थियो
सम्मान पछी ऊहाँले आफ्ना सब्दहरु राख्दै भितेपात्रो प्रकाशनमा लागेको खर्च र बिज्ञापन बापत संकलन रकमको आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो
संस्थाका अध्यक्ष बिष्णु प्रसादअधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत केशव खत्री र सञ्चालन निर्मल थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

रोल्पामा पहिरो १० जनाको मृत्यु क्हि बेपत्ता

कुकुरको समुहले चार वर्षीया बालिकामाथि आक्रमण, टाउकोमा ८० टाँका

शिक्षक सरुवामा रकम मागेको आरोपपछि प्रभाकर माविमा विवाद

अर्घाखाँचीमा १०.७५ किमि पक्की कुलो ३१ सय हेक्टरमा १२ महिनै सिचाँइ

छुटाउनुभयो कि ?