सीतापुर रुपन्देही सिर्जनशील समूहको आयोजनामा नयाँबर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान–प्रदान एवं भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
Vice Roy Hotel नयागाउँमा २०८० चैत्र २४ शनिबार आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि माधव बन्जाडेसहित अन्य अतिथिहरुले संयुक्त रुपमा भित्ते पात्रो विमोचन गर्नुभएको हो ।
भित्तेपात्रो विमोचनपछि आयोजित सभामा बोल्दै प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाइ ,रुपन्देही प्रमुख बन्जाडेले सस्थाले रचनात्मक एवं दीर्घकालीन महत्व राख्ने कार्यक्रम गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा सीतापुर रुपन्देही सिर्जनशील समूहका सल्लाहकार कृष्ण अधिकारी, तिलक खनाल, राम प्रशाद न्यौपाने र विशेष अतिथि लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सह सचिव प्रकाश क्षेत्रीले भितेपात्रो प्रकाशनमा निभाएको विशेष भूमिकालाइ लिएर उहाँलाइ अध्यक्ष लगाएत प्रमुख अतिथिबाट सम्मान गरिएको थियो
सम्मान पछी ऊहाँले आफ्ना सब्दहरु राख्दै भितेपात्रो प्रकाशनमा लागेको खर्च र बिज्ञापन बापत संकलन रकमको आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो
संस्थाका अध्यक्ष बिष्णु प्रसादअधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत केशव खत्री र सञ्चालन निर्मल थापाले गर्नुभएको थियो ।
सीतापुर रुपन्देही सिर्जनशील समूहको आयोजनामा २०८१ सालको भित्ते पात्रो विमोचन
प्रतिक्रिया