८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

अर्घाखाँचीमा मट्टितेल सहितको ट्यांकर दुर्घटना

सन्धिखर्क–गोरुसिंगे सडक अन्तरगत अर्घाखाँचीको शितगंगा–१२ को हिलेखोला स्थित सडक कालोपत्रे गर्नेक्रममा डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर) मा आगो लागेर नष्ट भएको छ ।

हिलेखोलाको सल्लेरी खण्डमा कालोपत्रे गरिरहेकै अवस्थामा एक्कासी आगो ट्याकंरमा सल्किएपछि अनियन्त्रित भइ उक्त गाडि र त्यसमा भएको ७ हजार लिटर कालोपत्रे गर्न तयार पारिएको तेल (अलकत्र र मट्टितेल) जलेर नष्ट भएको हो ।

शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुको योजनामा खनाल बर्दश प्रतिभा सम्झना जे.वि.कन्ट्रक्शन सन्धिखर्कले कामको जिम्मा लिएर काम गर्दै आएकोमा सोमबार साँझ ६ बजे ट्याङ्करमा आगो लागि भएको खनाल बर्दशका प्रमुख कविराम खनालले बताए । “वस्ती नभएको जंगल एरियामा मेरो टिमले काम गर्दै थियो, आगो निभाउने
प्रयास गर्दापनि नियन्त्रणमा लिन सकिएन ।” प्रमुख खनालले भने,“एक्कासी आगो लाग्यो, डिस्ट्रिब्युटरमा आगो लाग्यो,अलकत्र र मट्टितेल चुहिएर सडकको नालीमा बग्न थाल्यो ।” उनले अगाडि थपे, “आगो नियन्त्रण बाहिर गयो, मानविय क्षति नभएपनि आगो लागिबाट करिब ६० लाखको क्षति भयो ।”

आगोलागिबाट अमर निर्माणसेवाको ना ५ ख २०८३ नम्बरको डिस्ट्रिब्युटर र त्यसमा रहको ७ हजार लिटर कालोपत्र गर्न राखिएको तेल समेत जलेर ६० लाख बराबरको क्षति पुगेको उक्त कम्पनीले जनाएको छ । घटना भएको थाहा पाएपछि ठाडा प्रहरीचौकीबाट प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरको नेतृत्वमा खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा, सडकमा हिँडिरहेका यात्रु र निर्माण कम्पनीको टोली खटेपछि करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (67%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (8%)
  • आक्रोशित (8%)
  • खुसी (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?