५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार

सराय बारे आफ्नै निर्णयबाट पछि हट्यो ठाडा मन्दिर

कालिमामाइ मन्दिर ब्यवस्थापन समितिले केहि देन अघि गरेको निर्णय सच्चाएको ठाडाको सराय यस बर्ष दशैको अर्को दिन  एकादशीको दिन हुने भनिसमितिले निर्णय गरेर जानकारी गराएको थियो हरेक बर्ष दशैको देस्रो दिन द्धादशीको दिन हुने गरेको सराय मेला यस बर्ष द्धादशी तिथी त्रयोदशी तिथी एकैदिन हुँदा मन्दिर ब्यवस्थापन समितिको बैठक बसी दशैको अर्को दिन सराय नाँच सहित फुलपाती सेलाउने कार्य हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबेल्बासेले समितिको निर्णय अनुसार जानकारी  दिनु भएको थियो

आज सनिबार मन्दिर समित तथा स्थानियको बैठकबसी दशैको अर्को दिन साय गर्दा भक्तजनमा समेत दुबिदा हुने तथा परमपरा देखि भएको सस्कारमा प्रभाव पर्नसक्ने भन्दै दशैको दोस्रो दिन कात्तिक गते गर्ने निर्णय भएको हो

अर्घाखाँची, पाल्पा, प्युठान गुल्मी, लगायत जिल्लामा सराय नाच मत्वपुर्णका साथ नाचिन्छ यस क्षेत्रको मौलिक सस्कृतिको रुपमा यसलाइ लिने गरिन्छ अर्घखाँचीको ठाडा, खाँची, अर्घा, जुकेना लगायतका सराय नाँचमा धेरै भिडभाँड समेत हुने गर्छ शितंगगाको ठाडा, चाक्ला , रजिया जुकेना , शितापुर क्रितिपुरकोठिया मैलान लगायतका बिभिन्न स्थानमा एकादशी लेखि पुर्णिमा सम्म भब्य सराय नाँच हुने गर्दछ  ।

ठाडा कालीकामाईको राजगुठी तथा सरायें एक परिचय :
देशकै नगरपालिका मध्येको ठूलो नगर पालिका को परम्परा आस्थाकोधरोहर को रुपमा रहेको ठाडा कालिका राजगुठी को श्री ५ सर्कारतर्फ गुठी बन्दोबस्त अड्डा श्रीकुमारी चोकमा बुझायको भर्पाई अभिलेख अनुसार २४० बर्ष भन्दा पनि अधिदेखि कालीकामाईको पूजा संचालन राजगुठीमार्फत भयको इतिहास भेटियको छ । पूजा प्रबन्ध मा प्रतेक दिन दैनिक कालिकामाई देवी मन्दिरमा पूजागर्नेगरी ६ महिना १ जना , ३ महिना १ जना , ४५ दिन ४५ दिन २ जना ब्राह्मण गुरुले दैनिक पूजागर्ने गरिन्छ भने नवरात्री सम्म मन्दिरमै बसेर चोखनित भै महाअष्टमीमा कालरात्री गर्ने गरिन्छ ।
कालिका देवीको गुठी पचासेखेत ,गंगाखोला खेत , सिमलटारी ,फेदी खेत ,हर्राबोट सिरान , गंगाखोला बढीचौर खेत ,गंगाबर्राबोट ,बानदी वीहोटोखेत भनी विभिन्न कामको लागि जस्तै :- पुजारी सुसारे खान्गि , सुसारे खान्गी , माईको अछेता , माईको पाठ गर्ने पंडित खान्गि ,भनी खेत को साथै पाखो तर्फ पुजारी २ ( दुई ) जना लाई घर वारि खरियान र भजनिञा भनी मालश्री गाउन ११ जना नेवार ( श्रेष्ठ हरु ) र दिनको तिनपटक बिहान ,दिउसो , साझ बाजा बजाउन ( नगरा लगाउन ) ४ जना दमाई हरुको घरबारी रहेको छ भने पहिलेका गुठियार का सन्तान बढदै जादा र जग्गा पनि भाईभाईमा बिभाजन हुदा गुठियार संख्या बढेको छ ।गुठी बाट सबै काम श्रीकुमारीचोकमा भयको लगतबाटै यसगुठीको आयस्ता बाट यी यी कार्य गर्ने भन्ने उल्लेख गरेको अभिलेख भेटीन्छ जस्तै :- धटस्थापनामा आवस्यक अछेता , चामल ,ध्यू , बडादशै , चैते दशै मा कन्या खुवाई , चण्डी पूर्णिमाका दिन आबस्यक अछेता चामल का साथै सम्पूर्ण खर्चको लगत उल्लेख गरेछ भने बलि दिनकोलागि पनि गुठी को लगतमा बर्खे तथा चैते दशै को लागि उल्लेख गरेको छ ,पुर्खाले गर्दै आयको परंपरा संस्कृति लाई जोगाई भावि सन्ततिलाई हस्तान्तरण गर्न हाम्रो जिम्मेवारी पनि हो ।
ठाडाको कालिकामाईको रमाईलो पक्ष भनेको ठाडाको द्वादशी को सरायँ रहिआएको छ । दशैको द्वादशी को दिन कोट माईको मन्दिर देखि ठाडाको दह ( डमरु दह) सम्म फूलपातिका दिन भित्रायको वेलपत्र ,फूलपातिलाई दहमा लगेर सेलाउने परंपरा रहिआयको छ मन्दिरबाट लैजादा डोलिमा फूलपाति राखि पुजेरी गुठियार ले डोलाबोकि , मलश्री गाउदै , बाजागाजा सहित , मन्दिरमा भयका तरवार ,खुडा ,खुकुरी युवाहरुले हात हातमा समाई बाजाको तालमा नाच्दै सराँये खेल्दै फूलपाति सेलाउन लैजाने चलन छ भने फूलपाति सेलाउदापनि बोकाको पूजाआजागरि बलिदिने चलन छ , सरायका दिन विभिन्न जिल्ला बाट ब्यापार ब्यबसाय गर्न ब्यापारी आउछन भने जात्रा मा पनि विभिन्न जिल्ला तथा स्थान बाट मानिस हरुको उपस्थिति हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?