न्यूजपाना, शितगंगा/
पालिका स्तरीय पूर्ण खोप समन्वय समितिका पदाधिकारीहरुलाई शितगंगा नगरपालिकाले अभिमुखिकरण गरेको छ । नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा , लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख गिता भाट , प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माको आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । पालिका स्तरमा नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता दिगोपना तथा आइ .पि.भि खोप अभियान २०८१ खोप कार्यक्रमको समग्र व्यावस्थापन, पूर्ण खोप समन्वय सञ्चालनका लागि निति निर्माण योजना तयारी सम्बन्धि अभिमुखिकरण गरिएको र जेष्ठ १३ गते देखि १४ वटा वाडमा ११८ खोप केन्द्र बाट सेवा दिने र १६७४ जना लगाउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रमा नगर प्रमुख पाडेलले नगर भित्रका सम्पूर्ण बाल बालिकालाई पूर्ण खोप सुनिस्चितताका लागि स्वास्थ्यकर्मी, पूर्ण खोप समन्वय समिति र सरोकारवालाई सक्रिय रूपमा लाग्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा शितगंगा नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, ,विभिन्न मिडियाका पत्रकार को उपस्थिति रहेको थियो।