२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

शितगंगाका जनप्रतिनिधि गृह मन्त्रालयमा बन्ला त पहिरो पिडितको घर ?

न्यूजपाना , शितगंगा

शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरु अहिले काठमाडौ का विभिन्न अड्डामा पुगेका छन गाँउगाँउमा सिहदरवार आएको भनिन्छ तर सिहदरवार मात्र आयो प्राप्त बजेट आएन भन्दै जनप्रतिनिधि बजेट माग्न भन्दै विभिन्न मन्त्रालय पुगेका छन । यो पहिलो पटक भने हैन हरेक बर्ष नगरपालिकाको जम्बो टिम यसरी राजधानी बजेट माग्न भन्दै जान्छन तर प्राप्त उपलब्धि यश अघि भने खासै छैन अहिले भने धेरै आसावादी भएको यी जनप्रतिनिधिको भनाइ छ ।शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल ,उपप्रमुख गिता भाट ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सशर्मा, वार्ड अध्यक्ष हरु भिम केसि दामोदर न्यौपाने ,नबराज भुसाल ,रुकेस आले, चोपबहादुर घर्ती सहित केही स्थानिय नेता बोकेर विभिन्न मन्त्रालयमा शितगंगाका दुख गुनासा अभाव देखाएर केन्द्रको बजेट ल्याउन जनप्रतिनिधि कसिएका हुन ।

अर्थ मन्त्री सँग भेट गरि शितगंगाका पहिरो पिडित र उनिहरुले अहिले सम्म नपाएको राहतको बारे जानकारी गराएको र अर्थ मन्त्री सकारात्मक भएको नगरप्रमुख छबिलाल पौडेलले बताउनु भयो ।
भौगोलिक हिसाबले देशकै पहिलो नगरपालिका भएको तर बजेट निकै कम बिनियोजन हुदा बिकासका कामहरु दुर्त गतिमा अगाडि बढन नसकेको गुनासो र शितगगा नगरपालिका भित्र रहेका रणनीतिक सडक खानेपानी स्वास्थ्य शिक्षा सिचाइका लागि बजेट व्यवस्थापन गर्न माग गर्दै जनप्रतिनिधि हरु काठमाडौं पुगेर भेटघाट मा ब्यस्त भएका हुन ।
जनप्रतिनिधिले स्वास्थ मन्त्रालयबाट ठाडा प्राथमिक स्वास्थकेन्द्रमा रेविज भ्याक्सिन उपलब्ध गराउने र वडा नम्बर ७ मा स्वास्थ भवन निर्माण गर्न बजेट ब्यवस्थापन भएको जानकारी गराएका छन । यता शितगंगा १२ र ११ का पहिरो पिडित भने गाउँ छाड्न बाध्य भएका छन केहिले आस्वसन पाएर घर बनाए पनि रकम नपाउदा साहुको ऋणले घरै छाड्ने भाग्ने अवस्थामा पुगेका छन । पिडितले पटक पटक नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए भने तालाबन्धी र धर्नाका कार्यक्रम समेत गरेका थिए तत्कालीन समयमा तोकिएको ३ लाख छिटै दिने गरि सहमति गरे पनि अहिले सम्म पाएका छैन्न । पिडित हरुले नगरपालिकाले संकलन गरेको नगद र टिन लगायतका सामाग्री समेत नपाएको गुनासो गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?