२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगा उपमेयरद्वारा शैक्षिक सामग्री र सहयोग वितरण

शितगंगा नगरपालिकाकी उपमेयर गीता भाटले ससुरा बुबा स्व. रणबहादुर बी.सी.को स्मृतिमा व्यक्तिगत सहयोगमार्फत विभिन्न विद्यार्थी र जेष्ठ नागरिकलाई सामग्री वितरण गर्नुभएको छ। वडा नं. ४ मा रहेका २७ जना बालबालिकालाई शैक्षिक सामग्री तथा ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई दैनिक प्रयोगका सामग्री प्रदान गरिएको छ।

यस्तै, शितगंगा १० स्थित डिही आधारभूत विद्यालयका कक्षा ४ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो टोपी, टर्चलाइट, र झोला वितरण गरियो। कार्यक्रममा स्थानीयले आफ्नो समस्या समाधानका लागि उपमेयरसँग अनुरोध गरेका थिए।

कार्यक्रममा वडा नं. १० का अध्यक्ष केशव बेल्बासे, वडा नं. ७ का अध्यक्ष देवीराम घिमिरे, कार्यपालिका सदस्य गंगा थापा, हेमकला बिक, नारायण सुनार, उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण पन्थी, शिक्षा शाखा प्रमुख विनोद पोख्रेल, र जिल्ला समन्वय समिति सदस्य डालकुमारी भण्डारीलगायतको उपस्थिति थियो। डिही आधारभूत विद्यालयका प्रअ लक्ष्मण ओलीले सामग्री वितरणले विद्यार्थीमा उत्साह थपेको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?