शितगंगा उपमेयरद्वारा शैक्षिक सामग्री र सहयोग वितरण

शितगंगा नगरपालिकाकी उपमेयर गीता भाटले ससुरा बुबा स्व. रणबहादुर बी.सी.को स्मृतिमा व्यक्तिगत सहयोगमार्फत विभिन्न विद्यार्थी र जेष्ठ नागरिकलाई सामग्री वितरण गर्नुभएको छ। वडा नं. ४ मा रहेका २७ जना बालबालिकालाई शैक्षिक सामग्री तथा ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई दैनिक प्रयोगका सामग्री प्रदान गरिएको छ।

यस्तै, शितगंगा १० स्थित डिही आधारभूत विद्यालयका कक्षा ४ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो टोपी, टर्चलाइट, र झोला वितरण गरियो। कार्यक्रममा स्थानीयले आफ्नो समस्या समाधानका लागि उपमेयरसँग अनुरोध गरेका थिए।

कार्यक्रममा वडा नं. १० का अध्यक्ष केशव बेल्बासे, वडा नं. ७ का अध्यक्ष देवीराम घिमिरे, कार्यपालिका सदस्य गंगा थापा, हेमकला बिक, नारायण सुनार, उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण पन्थी, शिक्षा शाखा प्रमुख विनोद पोख्रेल, र जिल्ला समन्वय समिति सदस्य डालकुमारी भण्डारीलगायतको उपस्थिति थियो। डिही आधारभूत विद्यालयका प्रअ लक्ष्मण ओलीले सामग्री वितरणले विद्यार्थीमा उत्साह थपेको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?