३० पुस २०८२, बुधबार
३० पुस २०८२, बुधबार

शितगंगामा आँखा शिबिर सम्पन्न १८ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  1. अराज बेल्बासे पौष १६ अर्घाखाँची
    स्थानीय बासिन्दाहरूलाई लक्षित गर्दै प्राथमिक आँखा उपचार केन्द्रले मंगलबार आयोजना गरेको आँखा शिविरले १८ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया सम्पन्न गरेको छ। यस शिविरमा रणअम्बिका आँखा अस्पताल, भैरहवाका नेत्र चिकित्सक डा. सुरज अधिकारीको नेतृत्वमा प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।
  2. शिविरमा विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामीहरूको निःशुल्क परीक्षण, औषधि वितरण, र न्यूनतम शुल्कमा शल्यक्रिया गराइएको थियो।
    क्लिनिक इञ्चार्ज किरण ढुंगानाका अनुसार, प्राथमिक आँखा उपचार केन्द्रले स्थानीय समुदायलाई लक्षित गर्दै समय–समयमा यस्ता शिविरको आयोजना गर्दै आएको छ। शिविरका माध्यमबाट आँखासम्बन्धी समस्या भएका नागरिकहरूलाई गुणस्तरीय सेवा सुलभ बनाउँदै आएका छौं। ढुंगानाले बताउन भयो ।
  3. शिविरमा आँखाको चश्मा नाप्ने, सामान्य परामर्श दिने, र मोतियाबिन्दु, चश्माको पावर मापन, आँखामा हुने इन्फेक्शन, र अन्य जटिल रोगहरूको उपचारसमेत गरिएको थियो। शिविरमा उपचार गराएका स्थानीयहरूले यस प्रकारको आयोजनाले आफूहरूलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।
    शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गराउनु भएकि एक वृद्धले खुशी ब्यत्त गर्दै भन्नू भयो “शहरमा उपचार गराउन जाँदा धेरै खर्च लाग्थ्यो, तर यो शिविरले कम खर्चमा गाँउमै गुणस्तरीय सेवा दिएको छ“ ।
    रणअम्बिका आँखा अस्पतालका डा. सुरज अधिकारीले शिविरको सफलताप्रति खुसी व्यक्त गर्दै , “ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावले धेरै मानिसले समयमा नै उपचार गर्न पाउँदैनन्। यस्ता शिविरले यस खाडललाई पूर्ति गर्न सहयोग पु¥याएको बताउनु भयो ।
    प्राथमिक आँखा उपचार केन्द्रले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको प्राथमिक आँखा उपचार केन्द्रका प्रमुख किरण ढुंगानाले बताउनु भयो । शिविरले आँखाको नियमित परीक्षण, सस्तो उपचार, र स्वास्थ्य शिक्षा अभियान सञ्चालन गर्दै गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउने अभियानलाई निरन्तरता दिएको छ। यसले विशेषगरी वृद्धवृद्धा र आर्थिक रूपमा कमजोर वर्गका लागि जीवनको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

सितगंगा नगरपालिका नगरसभाको १८औँ अधिवेशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?