२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

जनता सँग माओवादी रुपान्तरण अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

नेकपा माओवादी केन्द्र अर्घाखाँची समन्वय समितिको आयोजित समाजवाद उन्मुख आर्थिक समृद्धि को वैचारिक एवम व्यावहारिक पक्ष को विषयमा शितगंगा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। माओवादी केन्द्रको जनता सँग माओवादी रुपान्तरण अभियान सञ्चालन गरिरहेको माओवादीले आज सन्धिखर्क र शितगंगामा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा शितगंगाका बिभिन्न राजनीतिक दलका नेता,सञ्चारकर्मी ,बिभिन्न संगठनका शिक्षक,प्राध्यापक,ब्यापारी ब्यावसायी ,बिभिन्न संघ सस्थाका प्रतिनिधीलगायत विभिन्न सरोकारवाला पक्षहरूको सहभागीता रहेको थियो । कार्यक्रम शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलको बिषेस आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको जनता सँग माओवादी रुपान्तरण अभियानका शितगंगा इञ्चार्ज केन्द्रिय सदस्य गोबिन्द केसिको अध्यक्षता माओबादी केन्द्रका प्रदेस सदस्य ठाकुर सौरागको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?