न्यूजपाना , शितगंगा
आर्थिक वर्ष २०७९।०८० को कार्यसम्पादन मुल्याँकनमा गण्डकी प्रदेशका नगरपालिका मध्ये गैँडाकोट नगरपालिका सबै भन्दा उत्कृष्ट नगरपालिका बनेको छ । राष्टिय प्राकृतिक श्रोत तथा बित्त आयोग बाट स्थानीय तहको कार्य सम्पादनमा आधारित अनुदानमा सिफारीस प्रयोजनका लागी १७ ओटा सुचकहरुको कार्य सम्पादन मुल्यांकनमा गैँडाको नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो ।
गण्डकी प्रदेशका नगरपालिका मध्ये गैँडाको नगरपालिका ४८.२३ अंक प्राप्त गदै प्रथम भएको हो । प्रदेश अन्तर्गत सबै स्थानीय तह नगरपालिका र गाउँपालिका मध्ये दोश्रो स्थानमा रहेको छ । यस्तै नवलपुरमा पनि गैँडाको नगरपालिका सबै भन्दा उत्कृष्ट स्थानीयतह बनेको छ ।
देश भरका ७५३ स्थानीयतहमा गैँडाकोट नगरपालिका १९ औं स्थानमा र २९३ नगरपालिकाहरु म छैंठौ स्थानमा रहेको छ । गैडाकोट नगरपालिका पछि क्रमश देवचुली नगरपालिका , मध्यविन्दु नगरपालिका, बौदीकाली गाउँपालिका , हुप्सेकोट गाउँपालिका, विनयीत्रिवेणी गाउपालिका, बुलिगंटार गाउपालिका र कावासोती नगरपालिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आयोगले प्रदेश तथा स्थानियतहको कार्यसम्पादन मुल्यांकन विधी २०७८ अनुसार मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायतका विषय जस्ता सुचकहरुका आधारमा मूल्याङ्कन गरीएको र यी विषयमा गैँडाकोटको कार्यसम्पादन उत्कृष्ट रहेको गैँडाकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो ।