अराज बेल्बासे न्युजपाना पुस ११ कपिलवस्तु
पुस १३ गतेबाट सञ्चालन हुन लागेको ८ ओै चन्द्रौटा ओैद्यगिक व्यापार महोत्सवको सम्पुर्ण तयारी पूरा भएको चन्द्रौटा उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
महोत्सवलाइ भब्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माण गरि कामलाई तिव्रता दिईएको छ । महोत्सवमा आवस्यक तयारी पूरा भएको महोत्सव मुल समित संयोजक इश्वरि प्रसाद पाण्डेले जानकारी गराउनु भयो । महोत्सवमा स्थानिय उत्पादन तथा फलफुलका स्टलमा पुर्ण निशुल्क तथा स्थानिय हस्तकलाका सामाग्री बिक्रीका स्टलमा समेत निशुल्क स्टल प्रदान गरिएको पाण्डेले बताउनु भयो ।
महोत्सवमा१८५ स्टल निर्माण गरिएको छ महोत्सवमा स्थानिय ब्यापारीका लागि ६० प्रतिशत स्टर हरु रहेको र २० प्रतिशत छुटमा स्टल उपलब्ध गराइने पाण्डेले बताउनु भयो । महोत्सवमा आउने दर्शकका लागि आकर्षण गराउन मायादेवी मन्दिरको आकारको सचिवालय तथा शिवगढी मन्दिर आकारको प्रवेस गेट निर्माण गरिएको छ । महोत्सवमा क र ख बर्गका अपांग तथा ७५ बर्ष माथिका जेष्ठ नागरिकलाइ प्रवेस निशुल्क रहेको छ ।
महोत्सव १ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा गरेको छ महोत्सवमा व्यापार संघ कपिलवस्तु सह आयोजकको रुपमा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अलि मियाले आर्थिक रुपमा उद्योगहरु धरासयको अवस्थामा रहेकोले आर्थिक कृयाकलाप चलायमान हुने अपेक्षा रहेको बताउनु भयो । चन्द्रौटा महोत्सवलाइ प्रदेश स्तरिय महोत्सवको रुपमा बिकास गर्न महासंघमा आफ्नो पहल हुने मियाले बताउनु भयो । कार्यक्रममा उद्योबाणिज्य संघका पदाधिकारीहरु पत्रकार महादसंघका प्रदेश सदस्य चिन्ता परियार ,अकोरावका प्रदेस अध्यो राजु खराल,पत्रकार महा संघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यलगायतको उपस्थिति रहेको थियो कार्यक्रममा पारसमणी माण्डेको स्वागत तथा राजकुमार केसीको सञ्चालनमा सम्पन्न भएको छ । महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा प्रर्यटक मन्त्र सरोज थापाले उद्धघाट गर्ने आयोजकले जनाएको छ ।