श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

 

कपिलवस्तु

 

कपिलवस्तु जिल्लाको वाणगंगा ४ को श्री वाणगंगा मा.वि  गजेडवाको वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण  शिक्षक सम्मान तथा बिधाई कार्ययक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्ण कुवर को अध्यक्षता प्रतिनिधी सभा सदस्य माननिय मोहनलाल आचार्यको प्रमुख आथिथ्यता शिक्षक अविभावक संग अध्यक्ष रामु सभागे थारु पूर्व शिक्षक लगायत शिक्षा प्रेमि सञ्चारकर्मी को विशिष्ट आथिथ्यता रहेको कार्यक्रममा अविभावक विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

विद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा भएको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट परिणाम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएको थियो, जसले उपस्थित दर्शकहरूलाई आकर्षित गरेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रतिनिधी सभा सदस्य कपिवस्तु क्षेत्र नं. १ का मोहनलाल आचार्यले कपिवस्तुको शिक्षा क्षेत्र मा आमुल परिवर्तन ल्याउँदै जिल्ला लाई नै अगाडी लैजाने बताउनु भयो ।

कार्यक्रम सोहि विद्यालयका

 साहेक प्रधानाध्यापक ज्ञान राज अर्याल को स्वागत मन्तब्य माध्यमिक तहका शिक्षक गोविन्द पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?