२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

सन्धिखर्कमा खुल्यो ह्युम पाइप उद्योग

न्युजपाना शितगंगा / अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ह्युम पाईप उद्योग स्थापना भएको छ । सन्धिखर्क (१ रनुवा फाँटको कालिमाटीमा स्थापना भएको सुपा देउराली ह्युम पाईप उद्योग तथा सप्लायर्समा अहिले बिभिन्न किसिमका आर।सी।सी।पाईप उत्पादन हुँदै आएका छन् । जिल्लामा पहिलो पटक स्थापना भएको उद्योगमा दैनिक १५ वटा पाइप तैयार हुने उद्योगका प्रोपाइटर राजेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो । जिल्लामा ह्युम पाईप उद्योग स्थापना भएपछी सडक निर्माण तथा सिंचाईको निम्ति धेरै सहज भएको समाजसेवी लक्ष्मण पराजुलीले बताउनु भयो । उद्योगमा १५ जनाले रोजगारी पाएको प्रोपाईटर उपाध्यायको भनाई छ । उहाँले आफ्नो उद्योग बाट उत्पादित पाईप गुणस्तरीय भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?