सन्धिखर्कमा खुल्यो ह्युम पाइप उद्योग

न्युजपाना शितगंगा / अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ह्युम पाईप उद्योग स्थापना भएको छ । सन्धिखर्क (१ रनुवा फाँटको कालिमाटीमा स्थापना भएको सुपा देउराली ह्युम पाईप उद्योग तथा सप्लायर्समा अहिले बिभिन्न किसिमका आर।सी।सी।पाईप उत्पादन हुँदै आएका छन् । जिल्लामा पहिलो पटक स्थापना भएको उद्योगमा दैनिक १५ वटा पाइप तैयार हुने उद्योगका प्रोपाइटर राजेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो । जिल्लामा ह्युम पाईप उद्योग स्थापना भएपछी सडक निर्माण तथा सिंचाईको निम्ति धेरै सहज भएको समाजसेवी लक्ष्मण पराजुलीले बताउनु भयो । उद्योगमा १५ जनाले रोजगारी पाएको प्रोपाईटर उपाध्यायको भनाई छ । उहाँले आफ्नो उद्योग बाट उत्पादित पाईप गुणस्तरीय भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?