३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

घुम्ति शिबिर गरि घरदैलोमै सेवा प्रवाह

अराज बेल्बासे ,चैत ८

शितगंगा नगरपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ । नगरपालिकाले वडा नम्बर १४ मा सञ्चालन गरेको शिविरबाट ४० जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ । पाठेघरको मुखमा हुने क्यानसरको जाँच तथा सम्भावित क्षयरोगको लागि नमुना संकलन गरिएको छ ।

नगरपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट ८४ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो । ७ जनाले अपाङगता भएका परिचयपत्र बितरण तथा परिचयपत्रका लागि निवेदन संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
लामो दुरि हिडेर नरपालिकामा लिनु पर्ने सेवा वडास्तरबाटै प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहजखुशी लागेको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयले बताए ।
नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको योजना अधिकृत नुमलाल खनालले जानकारी दिनुभयो ।
भुगोलको हिसावले टाढा रहेका वडा ६,७,८,१० र १४ लगायतका वडाका नागरिकलाई वडा र टोलस्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।
शिबिरमा नगर प्रमुख छबिलाल पौडेल ,स्वास्थ शाखा प्रमुख दामोदर ढकाल महिला तथा बालबालिका शाखाका रमा पाण्डे, अपाङ्ग परिचय पत्र बितरण समितिका शंकर अर्याल, डाक्टर शुभेक्क्षा शर्मा , नगरपालिका प्रशासन शाखा प्रमुख ओम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • हाँस्यास्पद (25%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?