२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगा नगरपालिकामा आजबाट घुम्ति शिविर सन्चालन

न्यूजपाना , शितगंगा

शितगंगा नगरपालिकाले नगरबासीको आवश्यकतालाई मध्यनजर गर्दै फागुन २१ गते देखी विभिन्न ठाउँमा घुम्ति शिविर सन्चालन गरेको छ । आज शितगंगा नगरपालिका वडा न ६ र ७ लाई पायक पर्ने ठाँउ शिवादहमा सन्चालन गरेको थियो । आज सन्चालन भएको घुम्ती शिविरमा स्वास्थ्य तर्फ ५४ जना को VIA ( पाठेघर को मुखको क्यान्सर जाँच गर्दा ५ जना को VIA जाँच पोजेटिभ आएको थियो , ८ जना को पाठेघर सम्बन्धी उपचार , ३ जना पाठेघर खसेका बिरामिलाइ रिङ पेसरी राखिएको , २४ जना क्षयरोग परीक्षणको लागी खकार नमुना संकलन ,४ जना लाई परिवार नियोजनको लामो साधन इम्प्लान्ट सेवा प्रदान गरिएको थियो । करिब १५० जना सेवा लिन आउनु सेवाग्राहि लाई परामर्श लगाएत सेवा प्रदान गरीएको थियो । यस्तै कृषि तथा पशुपंक्षी तथ्यांक अधावधिकमा वडा न ६ बाट ३२ र वडा न ७ बाट १७ गरी जम्मा ४९जना कृषकले सेवा प्रदान गरीएको छ ।

अपांगता परिचयपत्र वितरणमा ख वर्ग का ३ , ग वर्ग का ३ , घ वर्गका ११ र १ नविकरण गरी अपांगता परिचयपत्र १८ जना लाई , जेष्ठ नागरीक परीचयपत्र २२ जना लाई वितरण गरीएको थयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम संचालन गरिएको जस्मा प्रधानमन्त्री रोजगार कार्यक्रको बारेमा जानकारीका साथै बेरोजगार सुचिमा सचिकृत हुन बेरोजगार फर्म समेत शिविरमा नै भरीएको छ ।

शितगंगा नगरपालिकाले आयोजना गरेको घुम्ति शिविर फागुन २२ वडा न ८ र ९ का लागी वडा न ८ को वडा कार्यालय ,लाहेपमा र २३ गते वडा न ९,१०,११ का लागी वडा न १० को वडा कार्यालय हर्रेमा सन्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?