मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

अर्घाखाँचीको शितगंगा नगरपालिकाले पहिले गुणस्तर, त्यसपछि मात्रै भुक्तानी भन्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरिरहेको छ। नगरपालिकाले विकास निर्माणका योजनाको स्थलगत अनुगमनलाई तीव्र बनाउँदै प्राविधिक टोलीबाट गुणस्तर परीक्षण गरेपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढाउने व्यवस्था लागू गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार सार्वजनिक बजेटको पारदर्शी उपयोग, विकास निर्माणको गुणस्तर र जवाफदेहितालाई सुनिश्चित गर्न आर्थिक वर्षको अन्तिम चरणमा समेत प्राविधिक टोलीसहित निर्माणस्थलमै पुगेर सडक, भवन, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार आयोजनाको सूक्ष्म अनुगमन भइरहेको छ। प्रशासनिक अधिकृत तथा योजना शाखा प्रमुख नुमलाल खनालले नगरपालिकाले हरेक महिना योजनाको नियमित स्थलगत अनुगमन गर्दै आएको जानकारी दिँदै अन्तिम चरणमा पुनः विस्तृत निरीक्षण गर्ने अभ्यासलाई निरन्तरता दिएको बताताउनु

अनुगमनका क्रममा कमजोरी भेटिए सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिलाई सुधार गर्न निर्देशन दिइने र मापदण्ड पूरा भएपछि मात्रै भुक्तानी गरिनेछ। भौगोलिक रूपमा विकट मानिने शितगंगा नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब चार सय विकास योजनामध्ये करिब ९० प्रतिशत योजनाको भुक्तानी सम्पन्न भइसकेको छ भने बाँकी योजनाहरू पनि सम्पन्न हुने चरणमा पुगेका छन्। ती योजनाको समेत तीव्र अनुगमन भइरहेको र सबै प्रक्रिया पूरा भएपछि मात्रै भुक्तानी गरिने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउाु भयो ।

नगरपालिकाका इञ्जिनीयर नारायण पाण्डेका अनुसार धेरै योजना एकै समयमा सम्पन्न गर्ने प्रवृतिले असारको समयमा कामको लोड बढी हुने बताउनु भयो । अहिले प्राबिधिकहरुले बिहान देखि राती सम्म बसेर काम गर्ने र योजना अनुगमन परेर मात्र भुत्तानी सिफरिस गरिएको पाण्डेले बताउनु भयो ।   नगरपालिकाका प्रमुख गौरवको आयोजनामा आगामी बर्ष समेत बढी बजेट बिनियोजन गरिएको छ यो बर्ष बरिव २ किमि सडक ढलान भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?