न्युजपाना मंसिर १० , शितगंगा नगरपालिका वडा नम्बर ४ को प्रशासकीय भवनको उद्घाटन भव्य समारोहका साथ सम्पन्न भएको छ। नगरपालिका स्थापना भएको सात वर्षपछि वडाले आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने भएको छ। उद्घाटन कार्यक्रमले स्थानीय प्रशासनको प्रभावकारिता र जनसरोकारका काममा थप सुधार ल्याउने विश्वास गरिएको छ।
<span;>कार्यक्रम वडा अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा सचिव ऋषि भुसालले कार्यक्रम सञ्चालन गरेका थिए भने वडा सदस्य नारायण सुनारले स्वागत मन्तव्य व्यक्त गरे। कार्यक्रममा नगर प्रमुख छबिलाल पौडेल, उपप्रमुख गीता भाट, पूर्व नगर प्रमुख सूर्यप्रसाद अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रमणि बेल्वासे, वडा नम्बर १० का अध्यक्ष केशव बेल्वासे लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
<span;>उद्घाटन समारोहमा अतिथि तथा विशिष्ट अतिथिहरूले भवन सञ्चालनले वडा प्रशासनलाई अझ प्रभावकारी बनाउने र स्थानीयबासीको समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेमा जोड दिए।
<span;>नगर प्रमुख पौडेलले भवनले समग्र नगरपालिकाको सेवा चुस्त बनाउन भूमिका खेल्ने बताउनु भयो भने उपप्रमुख भाटले नगरवासीको प्रत्यक्ष सहभागिताबाट हासिल भएको यो उपलब्धि नगरको गौरव रहेको बताउनु भयो ।
<span;>४१ लाख रुपैयाँको ठेक्कामा निर्माण थालिएको यो भवनमा यो आर्थिक वर्षमा थप निर्माण कार्य भएको छ। सुविधासम्पन्न बनाइँदै गरिएको यो भवनले वडाको प्रशासनिक सेवा चुस्त र सहज बनाउने अपेक्षा गरिएको छ। कार्यालयका लागि आधारभूत संरचनाहरू तयार भइसकेका छन् भने थप सुविधासमेत क्रमशः उपलब्ध गराउने योजना रहेको वडाध्यक्षले जानकारी दिनुभयो ।
<span;>कार्यक्रममा भवन निर्माणका लागि जग्गा दान गर्ने स्वर्गीय अनुपकुमार सोल्टीको योगदानलाई उच्च सम्मान गर्दै उहाका परिवारलाई विशेष सम्मान प्रदान गरियो। वडाले सोल्टी परिवारलाई प्रशंसा पत्र सहित सम्मान गरेको हो । त्यस्तै, भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका खेल्ने निर्माण व्यवसायी संजय रानालाई पनि वडाले सम्मान गर्यो।
<span;>स्थानीयबासीले नयाँ भवनले प्रशासनिक सेवामा पारदर्शिता, सहजता, र पहुँच सुधार गर्नेमा आशा व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले भवन निर्माणलाई समुदायको लागि दीर्घकालीन लाभदायक कदमका रूपमा लिएको बताए।
<span;>कार्यक्रमले वडा प्रशासनलाई थप सुदृढ बनाउने मात्र होइन, नगरपालिकाको समग्र विकासमा टेवा पुर्याउने आशा गरिएको छ। सेवा चुस्तदुरुस्त बनाउन र जनताको आवश्यकतामा केन्द्रित रहने प्रतिवद्धता स्थानीय जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्।