अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँची अन्तर्गत सितगङ्गा नगरपालिकाको नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रममा महासमिति सदस्य तथा पूर्व प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला सह-सचिव कमल पौडेल, महाधिवेशन प्रतिनिधि तथा पूर्व मेयर सूर्यप्रसाद अधिकारी, नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व सचिव तथा हालका सितगङ्गा नगरपालिकाका मेयर छबिलाल पौडेल क्षेत्रिय सभापति हेमन्त बेल्बासे , सचिव चिन्ताराज अधिकारी ,नारायण बन्जाडे जिल्ला सदस्य बिष्णु पौडेल ,बाबुराम गैरे लगायत काग्रेश नगर तथा जिल्ला कार्य समितिका सदस्यहरुको गरिमामय उपस्थिति रहेको थियो।
नगर सम्मेलनमा पार्टीको संगठनात्मक एकता, जनताको सेवामा कांग्रेसको सक्रियता तथा लोकतान्त्रिक मूल्य-मान्यताको सुदृढीकरणको आवश्यकता सम्बन्धमा विचार प्रस्तुत भएका छन । प्रमुख अतिथि केशव श्रेष्ठले कांग्रेस देशभर लोकप्रिय दल भएकाले संगठनात्मक सशक्तीकरणमा जोड दिनुपर्ने बताउनुभयो। निर्मला क्षेत्रीले कांग्रेसको गौरवशाली इतिहास स्मरण गराउँदै अनुशासन र एकता कायम राख्नुपर्नेमा जोड दिनुभयो।