न्युजपाना / सुपा देउराली मन्दिरले भुकम्प पिडितलाई सहयोग गर्ने भएको छ । मन्दिर ब्यवस्थापन समितिको बैठकबसी बिपत कोष अन्र्तगत जाजरकोट र पुर्विरुकुममा भुकम्पमा परि पिडित बनेका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय भएको मन्दिर ब्यवस्थापन समितिका सचिव हरि खनालले जानकारी दिनु भयो ।
मन्दिरले पिडितहरुलाई १ लाख ५१ हजार सहयोग गर्ने निणर्य गरिसकेको सचिव खनालले बताउनु भयो । मन्दिर समितिका अध्यक्ष र्फशबहादुर केसीको अध्यक्षतामा सम्पन्न बैठकले पिडितहरुलाई स्थानिय नगरपालिका वा प्रशासनले सञ्चालन गरिेका राहत कोषमा रकम जम्मा गर्ने छ र यस्तै मन्दिरका लागि पार्किक अभाव रहेकोल जग्गा प्राप्ति र निमार्णका लागि समेत उपसमिति चयन गरेको छ । पछिल्लो समय मन्दिर ब्यवस्थापन समितिले मन्दिर परिसरको फोहोर ब्यवस्थापनका लागि निजि टयाक्टर समेत सञ्चालन गरिरहेको छ भने जिर्ण रहेको सडक समेत निमार्णको लागि टेन्डर प्रकृयामा गइसकेको छ