उद्घाटन मै शान्तिको सन्देश दिईने १६ औ कपिलवस्तु महोत्सव जलपरीदेखि स्नो–सिटीसम्म मुख्य आकर्षण 

 

 

 

विक्रम आचार्य बाणगंगा ।

कपिवस्तु जिल्लाको वाणगंगा नगरपालिका अन्तरगत बुद्ध रंगसालामा आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी हुने सम्पूर्ण तयारी पुरा तयारी पूरा भएको मङ्सिर १८ गते १६ औ कपिलवस्तु महोत्सवमा शान्तिका दुत१६ जोडी परेवा उडायर भीक्षु श्री बोधी विदेश सुपोत मार्फत शान्तिको शन्देश दिदै भव्य रूपमा उदघाटन हुने आयोजकले जनाएको छ।

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हुने महोत्सवका अधिकांश संरचनागत कामहरू अन्तिम चरणमा पुगेका छन्।

सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाँणले सम्पूर्ण कुरा भएकोले छिमेकी जिल्ला छिमेकी पालिकाका आम जनसमुरायलाई यस महोत्सवमा आयर अवलोकन गर्न पत्रकार सम्मेलन मार्फत आग्रह गर्नु भयो ।

यस वर्षका लागि करिब ३०० स्टल रहने महोत्सवमा महिला उद्यमी, स्थानीय उद्योग तथा घरेलु उत्पादकलाई सहुलियत दरमा स्टल उपलब्ध गराइएने सुरक्षा तथा विमा को प्रबन्ध चुस्त रूपमा मिलाईएको संस्थाका महासचीव तथा मेला निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्रीले पत्रकार सम्मेलन मार्फत बताउनु भयो ।

महोत्सवका प्रमुख आकर्षण स्नो सिटी (हिउँ खेल्ने अनुभव), जलपरी, सुनामी पिङ लगायत दृष्य अवलोकन साथै विविध मनोरञ्जन र दृश्य–अनुभूति दिने यस्ता संरचनाले दर्शकको आकर्षण बढाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?