पिताम्बर भुसाललाइ  भोट हाल्न टोप बहादुर रायमाझीको जिल्लाबासी लाई आग्रह

आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा नयाँ पुस्ताका युवा मित्रहरूलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक प्रभावशाली नेताले आगामी प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा महत्वपूर्ण अपील जारी गरेका छन्।
उनले समुन्नत अर्घाखाँची निर्माणका लागि आफू र पार्टीले विगतदेखि गर्दै आएका प्रयासलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका हुन्।

सम्बोधनमार्फत उनले सडक पूर्वाधार, खानेपानी, सिंचाइ, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, पर्यटन प्रवर्द्धन र अर्घा भगवती विमानस्थल निर्माण जस्ता योजनामा उल्लेखनीय काम भएको दाबी गरेका छन्।यी सबै योजनालाई पूर्णता दिन स्थिर र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
२०७९ सालको निर्वाचनमा अर्घाखाँचीबासीसँग गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा आफूले विभिन्न कानुनी तथा राजनीतिक जटिलता भोग्नुपरेको उल्लेख गर्दै उनले आफू कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन्।
राजनीतिक पूर्वाग्रहका कारण प्रतिशोधपूर्ण ढंगले आफूलाई लामो समयसम्म टाढा राखिएको र त्यसले जिल्लाको विकासमा समेत असर परेको उनको आरोप छ। उनले छिट्टै प्रत्यक्ष भेटघाटमार्फत सम्पूर्ण विषय प्रस्ट पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको तर्फबाट पीताम्बर भुसाल लाई उम्मेदवार बनाउने प्रस्ताव गरिएको जानकारी दिँदै उनले आपसी परामर्श र सहमतिका आधारमा उक्त निर्णय गरिएको बताएका छन्। पार्टीभित्रको एकता र साझा लक्ष्यका आधारमा भुसाललाई अगाडि सारिएको उनको भनाइ छ।
सम्बोधनको अन्त्यमा उनले आफू र पार्टीले अघि सारेका योजनाहरू सफल बनाउन तथा अर्घाखाँचीको विकास यात्रालाई निरन्तरता दिन पीताम्बर भुसाललाई अत्यधिक मतका साथ विजयी गराउन हार्दिक अपील गरेका छन्। सूर्य चिन्हमा मतदान गर्न उनले सम्पूर्ण अर्घाखाँचीबासीसँग आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?