विकास पाण्डे ,अर्घाखाँची
आज बिदाको समयमा गाउँ गए गाउँ हरियाली थियोे विकास को खाका कोरिएको थियोे तर बिडम्बना सबै घर सुनसान र सबै जमिन बाँझो छ ।
यसो 1 घण्टा सोचे यहाँ को माटो अनि हावापानी अनि उत्पादन अनि यता फर्किए बाँझो सिरुको भूमी मन उदास भयो ।किन हामीले पहाड छोडेयौं अझँ गम्भीर प्रश्न त सम्वाहना यती हुँदा किन खाडीमा बेल्चा हान्न बिदेश गएका छ्न!
कुरा कृषि क्रान्तिका गर्नै काम चाहि चामल आयात गरेर बारि खेत बाँझो राख्ने ।
अनि म ९४ बर्सिय बुडा बा सङ्ग बसेर भलाकुसारि सुरु गरे
उहा भन्नुहुन्छ १०० मुरि धान फल्ने खेत बाँझो छ नानि किन देश छोड्छउ यहिँ केहि गरे हुन्नर .? मन पिरो भयो अनि खेत फर्केर हेरे उहि सिरु पलायको अनि उहाँले भन्नु भयो विदेश प्यारो छ है ।
केहि नबोलि बारीमा गए अनि पारि हिमाल हेरे अनि बारि खन्न लागे केहि खनेसि लागो देश साच्चिकै रित्तिएको हो प्रश्न ?
अनि म तोरी र केराउ छरे बिदेश मा भएको साथीले कल गरो
अनि भन्छ के दु:ख गर्छस आइज बिदेश डिग्री पढिस म
गम्भीर भए र सोचे र तल हेरे उहि सिरु देखे ।
गाउँ सुनसान मात्र हइन भए को पनि पुरै फेरियछ मान्छे सुखि भए किनेर खान थालेछ्न ।
मैले जोतेको र खनेको देखेर पारि बाट हास्दै एक जना अन्टि भन्नु हुन्छ बाबु के दु:ख गर्नुहुन्छ के हुन्छ र बाँझो छोड्नु किनेर खाए पनि हुन्न र ?
फेरि लज्जित भए मिहिनेत को न सम्मान न हौसला ।
अनि आफैं लाइ प्रश्न गरे मानिस किन यति परिवर्तन ?
दिन बित्तै गयो गाउँ का भद्र भलादमि सङ भेट गर्न गय
अनि सल्लाह मागे गाउँ मा केहि गरम है भनेर ।
उहा भन्नु भयो केहि हुन्छर भाइ ?
जताततै सिरु उमृएछ फेरि मन उदास पार्दै हेरे उहि सिरु देखे
अनि धेरै दिन हेरे बुझे सहर भन्दा गाउँ किन यति चरम सुख लुन खोजो किन परिश्रम लाइ हेला गम्भीर भए अनि सोचे
परिवर्तन भाको राम्रो तर यति नभाको भए हुनु नि भने अनि बारिमा गए हेरे उहि हराभरा बाताबरण र मलाई हेरेको उर्बराशिल माटो अनि सोचे केहि त गर्नु पर्छ तर उता फर्किय म एक्लै छु सबै सिरुले ढाकेछ अनि सोचे के असम्भव छ र केहि गर्न ?
अनि मैले हेरे सम्भावना धेरै छ जस्तो लागो र फेरि भद्र ब्याक्ती सामु गए र के हुन्छर को जवाफ लिए र पुगे।
उहाँलाई सुझाव दिदै भने समथर बाँझो जमिनमा अम्बा, खुर्सानी, सित्तलचिनि र केरा आदि लगायतका बिषय मा कुरा बझाए अनि उहाँले बिदेश भएको छोरोलाइ जानकारि गराउदै भन्नु भयो यो राम्रो छ रे
छोरोको उत्तर पर्दैन के अपुग छर अनि फेरि निराश हुदै बाँझो खेत बारिको सिरु हेरेर फर्किय ।
गाउँका जमिन सम्भावना का छेत्र हुन जहा फलफूल
केरा, नासपाति ,अम्बा लगायतका फलफूल र अन्य बालि अकबरे खुर्सानी लगायतका बालि बाट मनग्य उत्पादन हुन सक्ने हुनाले जमीन बाँझो होईन उत्पादन को सुन्दर बगैचा बनाऔं ।