सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था लि. को २० औं साधारण सभा सम्पन्न

न्यूजपाना , शितगंगा

सितगंगा नगरपालिका वडा नं ३ मा रहेको श्री सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था लि.को २० औ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लक्ष्मी पन्थीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पोडेलको प्रमुख आतिथ्यता, प्रशासकीय अधिकृत अर्जुन शर्मा को बिशिष्ट आथित्यता तथा अथितीहरु वडा न ३ र ४ का वडा अध्यक्ष चिन्ताराज अधिकारी , दामोदर अधिकारी लगायतको उपस्थित मा सस्थाकी व्यवस्थापक शिबकला बिकको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभामा ३ करोड ३८ लाख ७७ हजार २७९ बराबरको आयब्याय संस्थाका सहब्यवस्थापक भक्ती रायमाझीले पेश गर्नु भएको थियो । सहकारीमा हाल ९६० सेयर सदस्य रहेका छन । सहकारी संस्थाले यस बर्ष करिव ३ लाख ९९ हजार ७२९नाफा गर्न सफल भएको छ।

कार्यक्रममा सहकारीका ब्यवस्थापक शिवकला बिकले कृषि सहकारीलाई सरकारले कर छुट दिने त बचत तथा ऋण सहकारीलाइ विभिन्न करको चपेटोमा पार्ना बचत कर्ता महिलाहरु समेत प्रभाबित हुने गरेको गुनासो गर्नु भयो । अन्य सहकारी सरह बिभिन्न काम हरु समेत सञ्चालन गर्न सक्ने गरि नगरपालिकाले ब्यवस्थापन गरेमा हजारो महिला दिदी बहिनी अझ आकर्षित हुने उहाले बताउनु भयो ।

यस्तै प्रमुख अतिथी नगर प्रमुख पौडेलले नगरपालिकाले सहकारीका भवन निर्माण ,सीप तालिम जस्ता कृयाकलाप सञ्चालन गरिरहेकोले यश सहकारीलाइ पनि सहभागी गराउन सकारात्मक रहेको बताउनु भयो । नगरपालिकामा बजेटको अभाव रहेकोले बिकास निर्माण र अन्य गतिबिधी प्रभाबित भइरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?