न्यूजपाना , शितगंगा
सितगंगा नगरपालिका वडा नं ३ मा रहेको श्री सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था लि.को २० औ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लक्ष्मी पन्थीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पोडेलको प्रमुख आतिथ्यता, प्रशासकीय अधिकृत अर्जुन शर्मा को बिशिष्ट आथित्यता तथा अथितीहरु वडा न ३ र ४ का वडा अध्यक्ष चिन्ताराज अधिकारी , दामोदर अधिकारी लगायतको उपस्थित मा सस्थाकी व्यवस्थापक शिबकला बिकको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा ३ करोड ३८ लाख ७७ हजार २७९ बराबरको आयब्याय संस्थाका सहब्यवस्थापक भक्ती रायमाझीले पेश गर्नु भएको थियो । सहकारीमा हाल ९६० सेयर सदस्य रहेका छन । सहकारी संस्थाले यस बर्ष करिव ३ लाख ९९ हजार ७२९नाफा गर्न सफल भएको छ।
कार्यक्रममा सहकारीका ब्यवस्थापक शिवकला बिकले कृषि सहकारीलाई सरकारले कर छुट दिने त बचत तथा ऋण सहकारीलाइ विभिन्न करको चपेटोमा पार्ना बचत कर्ता महिलाहरु समेत प्रभाबित हुने गरेको गुनासो गर्नु भयो । अन्य सहकारी सरह बिभिन्न काम हरु समेत सञ्चालन गर्न सक्ने गरि नगरपालिकाले ब्यवस्थापन गरेमा हजारो महिला दिदी बहिनी अझ आकर्षित हुने उहाले बताउनु भयो ।
यस्तै प्रमुख अतिथी नगर प्रमुख पौडेलले नगरपालिकाले सहकारीका भवन निर्माण ,सीप तालिम जस्ता कृयाकलाप सञ्चालन गरिरहेकोले यश सहकारीलाइ पनि सहभागी गराउन सकारात्मक रहेको बताउनु भयो । नगरपालिकामा बजेटको अभाव रहेकोले बिकास निर्माण र अन्य गतिबिधी प्रभाबित भइरहेको बताउनु भयो ।