न्युजपाना असोज १६
इलाका प्रहरी कार्यालय ठाडाले बिद्यार्थीहरुमा साईबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ शितगंगा नगरपालिका वडा नम्बर १० मा रहेको श्री जनजागृती मा.वि.मा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु , वडा नं १० का वडा अध्यक्ष केशव प्रसाद बेलबासेको साथै विद्यालयको शिक्षक तथा अभिभावक लगायत करिब १०० जनाको उपस्थितिमा ईलाका प्रहरी कार्यालय ठाडाका कार्यालय प्रमुख प्र.नि. ऋषिराम घर्ति मगर लगायतको उपस्थितमा साईबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
पछिल्लो समय साइवर अपराध बढेकोले यसबाट सचेत रहने बिभिन्न उपायहरु तथा यस्तो अबस्थामा प्रहरी सँगको सहयोग ,इन्टरनेट, साईवर क्राइम, सामाजिक सञ्जाल र यसको उपयोगिता, इन्टरनेटमा हुने बाल दुव्र्यवहार, जोखिम, बच्न सकिने उपाय आदि विषयमा प्रहरी निरिक्षक मगरले जानकारी गराउनु भएको थियो ।