२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

विजयनगर गाँउपालिका सरसफाइ अभियान तिव्र

विजयनगर गाउपालिका वडा नम्बर ७ ले सरसफाइ अभियानको दोस्रो चरणको अभियान लाई तिब्र पारेको छ । दोस्रो चरणको अभियानको पहिलो दीन आज छो अमौली ( पर्स्वोइया ) मा 50 घर धुरिमा अनुगमन गरिएको छ । सरसफाइ को 9 वटा सुचक पूरा गर्ने परिवालाई सफाइ कार्ड बितरण भएको थियो ।
अनुगमनका क्रममा सौचालय बनाएर पनि प्रयोग नगरेका तथा सरसफाइ का ९ वटा सुचक पूरा नगर्ने 10 वटा भन्दा बढि परिवारको सरसफाइ कार्ड फिर्ता गरिएको छ ।
सरसफाइ कार्ड नभएका परिवारले कुनैपनी सेवासुबिधा वडा तथा गाउँ पालिका बाट प्राप्त नगर्ने वडा अध्यक्ष दिनेस चौधरिले बताउनु भयो ।
वडानम्बर ७ का वडा अध्यक्ष दिनेस चौधरी , इलाका प्रहरि कार्यालय गणेसपुर का इन्सपेक्टर दिवाकर रिजाल , वडा सचिव खानेपानी तथा वास सम्योजक अर्जुन बेल्बासे तथा स्थानिय को उपस्थितिमा अनुगमन गरिएको हो ।बिजयनगर गाँउपालिकालाई पुर्ण सरसफाइ पालिका बनाउन हरेक परिवारमा बिजयनगर कार्ड प्रदान गर्ने गरेको छ । सरसफाइ, सौचालय निर्माण र प्रयोग ,नियमित खोप , नियमित स्वास्थ जाँच लगायत बिभिन्न सुचक तय गरि पालिकाले विजयनगर कार्ड प्रदान गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?