२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

लगानी सम्मेलनको सोकेसमा शितगंगाको साउनेथुम पनि

अराज बेल्बासे बैसाख १२ अर्घाखाँची /

नेपालले वैशाख १६ र १७ गते सरकार तेस्रोपटक लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनको सोकेसमा देशभरका १ सय ५२ परियोजना राखिँदैछ । ४ वटा ठूला परियोजनामा विकास सम्झौता पनि हुँदैछ जसमा कपिलबस्तुको एक योजना पनि छ । २०७३ सालको पहिलो लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता आएको थियो । २०७५ सालमा दोस्रोपटक २३ खर्बका परियोजना प्रस्तावित भए । प्रतिबद्धता धेरै भए पनि लगानी करिव १ खर्ब मात्र आयो । लगानी सम्मेलन गरी उद्यमी र व्यवसायी लगायत यसपालि ५३ देशबाट लगानीकर्ता आउने समाचार उत्साहजनक छ ।

साउनेथुमको मध्ये भाग जहाँबाट समेत हिमश्रखला देखि तराएका फाँट देखिन्छ

यस पटक लगानी सम्मेलनको सोकेसमा रहन १ सय ५२ परियोजना मध्ये शितगंगा नगरपालिको योजना समेत छ यसले लगानीकर्ता लाई कति आर्कषण गर्छ हेन बाँकी छ । शितगंगा नगरपालिकाले प्रर्यटन र पर्यापरावरणको क्षेत्रमा लगानी गर्न आर्कर्षित गर्ने उदेश्यले शितगंगा २ मा रहेको यस क्षेत्रकै उच्च स्थल साउनेथुमलाई सिफारिस गरेको थियो देशभरबाट भएका हजारौ योजना मध्ये साउनेथुम सोकेसमा पर्नुले पनि यो लगानीको लागि सम्भाब्यस्थलको भन्ने बुझ्न सकिन्छ । सुपादेउराली मन्दिरमा आउने लाखौ भत्तजनहरु र प्रकृति सँग रमाउने र शाहसिक प्रर्यटकहरुलाई साउनेथुममा पुराएर गर्न सकिने आम्दानी लाई आर्कषक योजना बनाएर लगानी गर्न बिदेशी तथा स्वदेशी लगानीकर्तालाई लगानी सम्मेलनमा शितगंगा नगरपालिकाले आर्कषित गर्ने प्रयास छ ।

साउनेथुम पुग्ने बनाउन थालिएको वाइटवाल

अहिले पनि शितगंगा नगरपालिकाले वाइटवाल नाम दिएर त्यहाँ काम सुरु गरेको छ त्यही रहेका ढुंगा बिछाएर सिँढीहरु निमार्ण गरेर शितगंगाका अधिकांस स्थल र हिमाल देखी तराइका फाँट सम्म देखिने मनोरम प्राकृतिक आनन्द दिने यो स्थान करिव २३ सय मिटर उचाइ छ त्यहा पुग्ने सिडि बनाएर प्रर्यटकहरुलाई पदयात्रा र अन्य जिपलाइन देखि केबुलबार सम्मका सम्भावना यस स्थलमा छन लगानी सम्मेलनमा सुपादेउराली सँग साउनेथुम सम्म जोडेर लगानी गरेर आम्दानी गर्न सकिने प्राप्त सम्भावनाहरु लगानीकर्ताहरुलाई प्रस्तुत गरिने छ ।लगानी सम्मेलनमा प्रमुख रुपमा चीन नेपाल मैत्री औद्योगिक पार्क, माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना कोहलपुर र वाणगङ्गामा ४० मेगावाट क्षमताको सोलार परियोजनाको विकास सम्झौता समेटिएको छ।

ती सबै चिनियाँ लगानीका परियोजना हुन्। लगानीकर्तासामु ९ खर्ब रुपैयाँ बराबरका १५३ परियोजना प्रस्तुत गर्ने तयारी गरेको छ । ती परियोजनाको प्रस्तुति हेरेर लगानीकर्ताले लगानीको प्रतिबद्धता गर्न सक्छन्  कपिलवस्तुमा बन्ने बाणगंगा सोलार परियोजना १२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा भने सिंगापुरको लगानी आउँदै छ । ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्टसहित यो परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले बाँके र कपिलबस्तुमा २१ अर्ब ६० करोड लगानी गर्दै छ । यस्तै अर्घाखाँचीकै नौमुरे बहुउद्देश्यीय आयोजना लगानीका लागि सम्भाव्य देखिएका १४ परियोजनामा समाबेस छ । त्यसमा दुई सय १८ मेगावाटको क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (43%)
  • दुःखी (14%)
  • अचम्मित (29%)
  • हाँस्यास्पद (14%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?