मिर्जा राशिद घण्टीका खम्बा

अराज बेल्बासे / न्युज पाना , कपिलवस्तु क्षेत्र नम्बर ३ मा यसपटकको राजनीतिक माहोल पहिलेभन्दा फरक देखिएको छ। सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका मिर्जा राशिद वेग अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा सफलता खोज्दै अग्रपंक्तिमा देखिएका छन्।

समानुपातिक तर्फबाट सिफारिस हुने सम्भावित नाममध्ये उनी शीर्ष सूचीमा रहेको छ। युवामाझ बढ्दो आकर्षण र नयाँ राजनीतिक विकल्पप्रतिको विश्वासका कारण उनको सक्रियता झन् बढेको छ।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टी को लहर चलिरहँदा कपिलवस्तुमा पनि त्यसको प्रभाव स्पष्ट देखिन्छ। विशेषगरी युवाहरू परिवर्तनको खोजीमा रहेका बेला वेगले हजारौँ युवासहित पार्टी प्रवेश गरी संगठन विस्तारमा जुट्नुले उनलाई फरक पहिचान दिएको छ।

सामाजिक अभियन्ताका रूपमा चिनिएका उनले राजनीति केवल पद र शक्ति प्राप्तिको माध्यम नभई सेवा र उत्तरदायित्वको क्षेत्र हुनुपर्ने धारणा अघि सार्दै आएका छन्।

कुनै समय नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सक्रिय युवा नेता रहेका वेगले आफ्नो राजनीतिक यात्रा नयाँ मोडमा पुर्‍याएका छन्। एमालेमा रहँदा संगठन निर्माण र युवा परिचालनमा भूमिका खेलेका उनले पछिल्लो समय वैकल्पिक राजनीतिक धार समात्दै नयाँ शक्तिसँग सहकार्य गरेका हुन्।

गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका वेगले बलियो संगठन संरचना नभएको अवस्थामा पनि उल्लेखनीय मत प्राप्त गरेका थिए। व्यक्तिगत प्रभाव, सामाजिक सम्बन्ध र सक्रियताका कारण उनले अपेक्षाभन्दा राम्रो मत पाएको विश्लेषण गरिन्छ। त्यो निर्वाचनले उनलाई क्षेत्रीय राजनीतिमा स्थापित गराएको धेरैको भनाइ छ। विभिन्न दलका युवाहरूले उनलाई साथ दिएको प्रसंग अहिले पनि चर्चामा छ, जसले उनको व्यक्तिगत पहुँच र स्वीकार्यता देखाउँछ।

कपिलवस्तुको कृष्णनगर क्षेत्रमा उनी सहयोगी र सहज स्वभावका नेताका रूपमा परिचित छन्। कुनै पनि दलका जनतालाई अप्ठ्यारो पर्दा सहयोग गर्ने बानीका कारण उनको छवि दलभन्दा माथि उठेको बताइन्छ। सामाजिक काम, आपतकालीन सहयोग, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी पहलमा उनको संलग्नताले उनलाई जनस्तरमा चिनाएको छ। यही कारणले गर्दा उनको राजनीतिक अभियान केवल नारामा सीमित नभई व्यवहारमा आधारित देखिन्छ।

यसपटकको अभियानमा उनले आफू मात्र होइन, आफ्नो क्षेत्रमा लोकप्रिय मानिएका राप्रपा नेता प्रकाश रजौरियालाई पनि पार्टीमा प्रवेश गराएर उम्मेदवार  बनाएर जित दिलाउने लक्ष्मा छन । स्थानीय तहमा प्रभावशाली व्यक्तित्वलाई साथमा लिएर संगठन सुदृढ गर्ने रणनीतिले कपिलवस्तु–३ मा नयाँ समीकरणको संकेत दिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यदि युवापंक्ति एकजुट भयो भने यसले परम्परागत शक्तिहरूलाई चुनौती दिन सक्छ।चुनावी अभियानका क्रममा वेगले “राजनीति पेशा होइन, सेवा हुनुपर्छ” भन्ने नारालाई प्राथमिकता दिएका छन्। उनी भन्छन्, “हामीसँग योजना छ, जोस छ र केही गर्ने हुटहुटी छ।” सुशासन र भ्रष्टाचारमुक्त कपिलवस्तु बनाउने लक्ष्यसहित अघि बढेका उनले पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई मुख्य एजेन्डा बनाएका छन्।

विकास निर्माणमा देखिएको ढिलासुस्ती, बेरोजगारी र सेवा प्रवाहमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।कपिलवस्तु क्षेत्र नम्बर ३ विगतमा परम्परागत दलहरूको प्रभावमा रहँदै आएको क्षेत्र हो। तर पछिल्लो समय मतदातामा देखिएको असन्तुष्टि र नयाँ अनुहारप्रतिको आकर्षणले यसपटकको चुनावी समीकरण फरक बन्न सक्ने संकेत गरेको छ। विशेषगरी युवापंक्ति र वैदेशिक रोजगारीबाट फर्किएका मतदाताले वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने आवाज उठाइरहेका छन्। यस्तो परिवेशमा वेगको सक्रियता र संगठन विस्तार अभियानले उनलाई अग्रपंक्तिमा उभ्याएको देखिन्छ।
चुनावी परिणाम जे आए पनि उनले कपिलवस्तु–३ को राजनीतिमा आफूलाई बलियो दाबेदारका रूपमा स्थापित गरिसकेको आकलन गरिएको छ। सुशासन र भ्रष्टाचारमुक्त कपिलवस्तुको नारासहित अघि बढेको  अभियानले प्रत्येक्षमा समेत अहिले जित निकाल्ने आकलन रहेको छ भने मिर्जा राशिद वेग समेत समानुपातिक  तर्फबाट सांसद हुने प्रमुख सम्भावना  रहेका नेता हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बदलिएको गाउँ अनि बाँझो जमिनमा सिरु 

0

अमराई बजारको अब्यवस्थित पार्किङमा कडाई गर्दै प्रहरी

0

शिक्षक आन्दोलन, माग र शिक्षाको मर्यादा पुनःस्थापना

0

AI को दुरुपयोग नियमन गर्न आवश्यक

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?