विक्रम आचार्य, न्यूजपाना
अर्घाखाँची जिल्लाको शिततगंगा नगरपालिका वडा नं. ७ दमारबेसि ( खैरेनिटार) सितखोलाको झोलुङ्गे पुलको उद्घाटन एक कार्यक्रम विच लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले गर्नु भएको छ । वर्षौ देखीको सपना रहेको दमारबेसि ( खैरेनिटार) सितखोलाको झोलुङ्गे पुल बन्ने पछि स्थानिय हर्षित भएका छन् ।
कार्यक्रम शितगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष देविराम घिमिरेको अध्यक्षता प्रदेश सांसद रामजी प्रसाद घिमिरेको प्रमुख आथिथ्यता वडा नं ९ का वडा अध्यक्ष भीम केसि नेकपा एमाले नगर इन्चार्ज ओपि पाण्डे पुर्वाधार विकाश कार्यलय प्रमुख गोपिराज पुन मगर को विशिष्ठ आथिथ्यता विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी लगायत जनप्रतिनिधी सुरक्षा कर्मि पत्रकार र स्थानियको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती घिमिरेले लुम्बिनी प्रदेश सरकारको १ करोड ५८ हजार ३ सय ३४ रुपैया २४ पैसाको लागतमा १३४.२ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको बताउनु भएको छ । झोलुङ्गे पुलका लागि बारम्बार आग्रह गर्नु हुने वडा अध्यक्ष देबिराम घिमिरेलाई तथा टेन्डर गर्ने पुर्वाधार बिकास कार्यालय अर्घाखाँचीका प्रमुख सहित सबै प्राबिधिक टिम ,योजना सम्पन्न गर्ने आस्था निर्माण सेवाका निर्माण ब्यबसायी लाई धन्यबाद दिनु भएको छ ।
वडा सदस्य टेक बहादुर गाहा को स्वागत मन्तव्य तथा ऋषि घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।