बुद्धभुमी नगरपालिकाको सार्वजनिक शौचालय पैसा उठाउने सफाइ नगर्ने

न्यूजपाना , शितगंगा

बुद्धभूमी नगरपालिका अन्तर्गत गोरुसिंगे अर्घाखाँची चोकमा रहेको शौचालयमा सररफाइ नगर्दा संक्रमण फैलने जोखिम बढेको छ । सार्वजनिक शौचालयको सरसफाइ अवस्था अत्यन्तै दयनीय भएको पाइएको छ। रकम तिरेरै सेवा लिन जानेहरु समेत त्यसबाट सासेथि खेपेका छन । सार्वजनिक शौचालयले सेवा वापत पिसाबको १० रुपैयाँ र दिसाको २० रुपैयाँ शुल्क लिइरहेको छ।

बुद्धभूमी नगरपालिकाले वार्षिक १ लाख रुपैयाँमा ठेक्का लगाएको यो सार्वजनिक शौचालयको यस्तो अवस्था नगरपालिकाको सार्वजनिक सुविधाको व्यवस्थापनप्रति गम्भीर प्रश्न खडा गरेको छ । शौचालयको भित्री पर्खालहरू फोहोरले भरिएको र कुनै पनि सरसफाईको काम नगरिएको देखिन्छ। यस प्रकारको अवस्थामा प्रयोगकर्ताहरूलाई स्वास्थ्य सम्बन्धी गम्भीर समस्या आउन सक्ने जोखिम छ। यो विषयमा सम्बन्धित निकायहरूले तुरुन्त ध्यान दिन आवश्यक छ। सम्बन्धित ठेक्केदारलाई सफाई सहितको जिम्मेवारी दिइए पनि यसमा लापरवाही देखिएको छ। जनताको सुविधा र स्वास्थ्यको ख्याल राख्दै तत्काल सुधारका कदमहरू चाल्न आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?