शितगंगा, पुस २२ – साना किसान कृषि सहकारी संस्था लिमिटेड, शितगंगाले पाँचौं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले पानसमा बत्ती बालेर गर्नुभएको थियो।
कार्यक्रममा सहकारीकी अध्यक्ष लक्ष्मी गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले यस वर्ष हासिल गरेका उपलब्धिहरू र आगामी वर्षका योजनाबारे जानकारी दिनु भयो।उहाँले सहकारीले कृषकहरूलाई उन्नत जातका बीउबिजन बिक्रि बितरण , रासायनिक मल बिक्रि बितरण , इन्डेक्स चुलो बितरण ,जेष्ठनागरि सेयर सदस्य सम्मान , सुत्केरी भेटघाट जस्ता विभिन्न कार्य गरेको बताउनु भयो।
सहकारीकी व्यवस्थापक साबित्रा पौडेलले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै सहकारीले यो आर्थिक वर्षमा १६ लाखभन्दा बढी खुद आम्दानी गर्न सफल भएको जानकारी गराउनु भयो।कार्यक्रममा शुभकामना दिँदै पुर्व नगर प्रमुख सुर्य प्रसाद अधिकारीले सहकारीले ग्रामीण क्षेत्रको आर्थिक सशक्तीकरण र कृषि विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै सहकारीहरू स्थानीय विकासको मेरुदण्ड भएको बताउनु भयो।
सहकारीको दीर्घकालीन सफलता र ग्रामीण विकासका लागि सहकारीको योगदानप्रति प्रशंसा गर्नुभयो।कार्यक्रममा विभिन्न सहकारीका अध्यक्ष ,कृषि बिकास बैकका प्रमुख , सहकारीको ऋण बिमा संस्था सिटिजन लाइफ इन्सुरेन्सका प्रमुख , शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष, कार्यपालिका सदस्य गंगा थापा , शितगंगा ४ का वडा अध्यक्ष दामोदर अधिकारी पुर्व मेयर सुर्य प्रसाद अधिकारी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो कार्यक्रम सहायक ब्यवस्थापक सरिता गुरुङले सञ्चालन गर्नु भएको थियो
सहकारीले सञ्चालन गरेका सुत्केरी भेटघाट कार्यक्रम, ज्येष्ठ नागरिक सेयर सदस्य सम्मान, बालबचत प्रोत्साहन, र सेयर सदस्यका मृत्युमा आर्थिक सहयोग कार्यक्रमजस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरूले यस वर्ष विशेष प्रभाव पार्न सफल भएको थियो। यस अवसरमा उत्कृष्ट बालबचतकर्ता, उत्कृष्ट कृषक, र ज्येष्ठ नागरिक सेयर सदस्यहरूलाई विशेष सम्मान प्रदान गरिएको छ ।
सहकारीप्रति आफ्नो विश्वास र समर्थन व्यक्त गर्दै सहभागी सेयर सदस्यहरूले आगामी वर्षका लागि अघि सारिएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा व्यक्त गर्नुभयो। अध्यक्ष गुरुङले सहकारीको दीर्घकालीन लक्ष्यहरू हासिल गर्न सदस्य र सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेको बताउँदै सहकारीको सेवा विस्तार र मुनाफा वृद्धिका लागि थप प्रतिबद्धता जनाउनु भयो।
ग्रामीण समुदायको कृषि र आर्थिक विकासमा सहकारीले पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताउँदै सहभागीहरूले यस साधारणसभाले सहकारीलाई थप सुदृढ र प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।