कामना सेवा बिकास बैंक द्धारा मन्दिरमा  सरसफाइ 

कामना सेवा बिकास बैंक द्धारा मन्दिरमा  सरसफाइ

अर्घाखाँची। कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा धार्मिक स्थलहरूको संरक्षण र सरसफाईका लागि विभिन्न कार्यक्रमको आयोजना गरेको छ। देशभरका विभिन्न मठमन्दिर र पार्कहरूको सरसफाई गर्दै, बैंकले धार्मिक स्थलहरूको संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सम्पन्न गरेको हो। सोही अनुसार ठाडा शाखाले प्रसिद्ध सुपादेउराली मन्दिर परिसरमा सरसफाइ गरेको हो ।

“साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण हाम्रो कर्तव्य हो” भन्ने सोचका साथ बैंकले मन्दिर क्षेत्रको बाह्य सफाई, अव्यवस्थित वस्तुहरूको व्यवस्थापन लगायतका कार्य सम्पन्न गरेको जनाएको छ। यस कार्यक्रममा बैंकका प्रमुख, क्षेत्रीय प्रमुख, सुपादेउराली मन्दिरका अध्यक्ष र सदस्यहरू, पत्रकार, प्रहरी, स्थानीय, तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

कर्मचारी युनियनको आन्दोलनले निर्धन उत्थान लघुबित्तको कारोबार ठप्प ।

0

विपन्न दलित समुदाय समुदाय संग जनप्रतिनिधी अन्तक्रिया कार्यक्रम सम्पन्न

0

शितगंगा नगरपालिकाको निति तथा कार्यक्रम धेरै पुरानै केही नयाँ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?