२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

नेपालले आज ओमानसँग खेल्दै

आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । यो खेल बिहान ९ बजे कीर्तिपुरमा शुरु हुनेछ ।

प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।

टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।आज हुने अरु खेलमा समूह ‘ए’ का मलेसिया र सिङ्गापुरबीच दिउँसो साढे १ बजे कीर्तिपुरमा, समूह ‘बी’ का हङकङ र यूएई बिहान ९ बजे तथा बहराइन र कुवेत दिउँसो साढे १ बजे मूलपानीमा खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

मुख्यमन्त्री आचार्यद्वारा प्रथम रुरुक्षेत्र शालग्राम महोत्सवको उद्घाटन

0

शितगंगा २ मा वडा स्तरिय भलिवल प्रतियोगित सुरु १० टिम सहभागी

0

शितगंगा १० मा वडा स्तरिय भलिवल प्रतियोगित सम्पन्न

0

Spc स्पोर्ट एण्ड एकेडेमी कपको उपाधी शितगंगा २ सितापुरलाई

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?