२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

ठाडा कालीकामाईको राजगुठी तथा सरायें एक परिचय

देशकै नगरपालिका मध्येको ठूलो नगर पालिका को परम्परा आस्थाकोधरोहर को रुपमा रहेको ठाडा कालिका राजगुठी को श्री ५ सर्कारतर्फ गुठी बन्दोबस्त अड्डा श्रीकुमारी चोकमा बुझायको भर्पाई अभिलेख अनुसार २४० बर्ष भन्दा पनि अघिदेखि कालीकामाईको पूजा संचालन राजगुठीमार्फत भएको इतिहास भेटिएको छ ।

पूजा प्रबन्धमा प्रत्येक दिन दैनिक कालिकामाई देवी मन्दिरमा पूजा गर्नेगरी ६ महिना १ जना , ३ महिना १ जना , ४५ दिन ४५ दिनमा २ जना ब्राह्मण गुरुले दैनिक पूजागर्ने गरिन्छ भने नवरात्री सम्म मन्दिरमै बसेर चोखनित भै महाअष्टमीमा कालरात्री गर्ने गरिन्छ ।

कालिका देवीको गुठी पचासेखेत ,गंगाखोला खेत , सिमलटारी ,फेदी खेत ,हर्राबोट सिरान , गंगाखोला बढीचौर खेत ,गंगाबर्राबोट ,बानदी वीहोटोखेत भनि विभिन्न कामको लागि जस्तै पुजारी सुसारे खान्गि , सुसारे खान्गी , माईको अछेता , माईको पाठ गर्ने पंडित खान्गि ,भनी खेत को साथै पाखो तर्फ पुजारी २ दुई जना लाई घर वारि खरियान र भजनिञा भनी मालश्री गाउन ११ जना नेवार श्रेष्ठ हरु र दिनको तिनपटक बिहान ,दिउसो , साझ बाजा बजाउन नगरा लगाउन ४ जना हरुको घरबारी रहेको छ भने पहिलेका गुठियारका सन्तान बढदै जाँदा र जग्गा पनि भाईभाईमा बिभाजन हुदा गुठियार संख्या बढेको छ ।

गुठीबाट सबै काम श्रीकुमारीचोकमा भएको लगतबाटै यसगुठीको आयस्ताबाट यी कार्य गर्ने भन्ने उल्लेख गरेको अभिलेख भेटीन्छ जस्तै धटस्थापनामा आवस्यक अछेता , चामल ,ध्यू , बडादशै , चैते दशै मा कन्या खुवाई , चण्डी पूर्णिमाका दिन आबस्यक अछेता चामल का साथै सम्पूर्ण खर्चको लगत उल्लेख गरेछ भने बलि दिनकोलागि पनि गुठी को लगतमा बर्खे तथा चैते दशै को लागि उल्लेख गरेको छ ,पुर्खाले गर्दै आएको परंपरा संस्कृति लाई जोगाई भावि सन्ततिलाई हस्तान्तरण गर्न हाम्रो जिम्मेवारी पनि हो ।

ठाडाको कालिकामाईको रमाईलो पक्ष भनेको ठाडाको द्वादशी को सरायँ रहिआएको छ । दशैको द्वादशी को दिन कोट माईको मन्दिर देखि ठाडाको दह ९ डमरु दह० सम्म फूलपातिका दिन भित्रायको वेलपत्र ,फूलपातिलाई दहमा लगेर सेलाउने परंपरा रहिआयको छ मन्दिरबाट लैजादा डोलिमा फूलपाति राखि पुजेरी गुठियार ले डोलाबोकि , मलश्री गाउदै , बाजागाजा सहित , मन्दिरमा भयका तरवार ,खुडा ,खुकुरी युवाहरुले हात हातमा समाई बाजाको तालमा नाच्दै सराँये खेल्दै फूलपाति सेलाउन लैजाने चलन छ भने फूलपाति सेलाउदापनि बोकाको पूजाआजागरि बलिदिने चलन छ , सरायका दिन विभिन्न जिल्ला बाट ब्यापार ब्यबसाय गर्न ब्यापारी आउछन भने जात्रा मा पनि विभिन्न जिल्ला तथा स्थान बाट मानिस हरुको उपस्थिति हुन्छ ।
मन्दिरमा अहिले पनि बिस १९ सयको समयमा चढाएका घण्ट लगायतका सामग्री छन । स्थानिय सुरेन्द्र बेल्बासेले आफ्ना पुर्खाले पाल्पाबाट घर्ति लगाएर ३ दिनमा ल्याएको घण्टी अहिले पनि रहेको बताउदै पुखाले चढाएका सामाग्रीको संरक्षण गर्नु पर्ने बताउनु भयो । शत्तिठिकहरु बाहिरे चौबिसे राज्यकै बेलाबाट सञ्चालन भएको मानिन्छ अर्घाखाँचीको अर्घा र ठाडाको कालिकामाइ मन्दिर यस क्षेत्रका पुराना शत्तिपिठ रहेको मानिन्छ । मन्दिरमा बिषेस गरि दशैको समयमा टाडाटाडा बाट भक्ल गर्ने र पुजा गर्न आउने प्रचलन रहेको छ ।

ठाडा कालिका माइ मन्दिरमा नवदुर्गा लागे देखिनै बिधिवत रुपमै परिने परम्परा छन हरेक दिन मन्दिरमा पुजारी मन्दिरमै बसेर पुजापाठ गर्ने गर्छन भने हरेक दिन बाजा सहित पुजापाठ हुन्छ । सप्तमीमा पुलपाती भित्राए पछि मन्दिरमा रौनक अझ बढछ हरेक दिन पुवा गर्नेहरुको भिड बढदै जान्छ यस्तै अस्टमीको दिन सयौ उपस्थित भएर कालरात्री पुजा गर्ने चलन छ । राती १२ बजे कालीलाई बलि दिने प्रचलन रहिआएको छ । राती १२ बजे बलि दिए पछि उत्यहा पसस्थित भएकाहरुले रातीनै बलि दिएकोपाठो घरमा लान नहुने र बिहान पनि पार्न नहुने भएकोले प्रसादको रुपमा खानेर नसकिएमा गाड्ने प्रचलन रहेको छ ।

नवरात्रत्रीको नवौ दिन भत्तजनहरुको ठुलो भिड हुन्छ दशौ मनाउन आएका हरुको भेटघाट हुने मुख्य दिनको रुपमा समेत उत्त दिनलाई लिने गरिन्छ सबै जना पुजाको लागि मन्दिर आउने गर्छन भने उत्त दिन बर्षभरिको भाकल अनुसार परेवा उडाउने । बली दिने गरिन्छ सयौ भकल गरेका भत्तजन उत्त दिन आउने गर्दछन । दशमीको दिन मन्दिरमा सबै जुटेर एक आपसमा टिका लगाएर सबै घरमा टिका लगाउन जाने प्रचलन रहेको छ सोही अनुसार दशैको दोस्रो दिन द्धादशीको दिन हजारौको उपस्थितमा सराय जाँत्रा सहित फुलपाती सेलाएर दशैको पुजा सकिने गर्छ ।

केदार बेलबासे न्युजपाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (25%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?