शितगंगा नगरपालिकामा मेलमिलाप सम्बन्धि आधारभुत तालिम सन्चालनमा

विक्रम आचार्य, शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम २०८१ असार ९ गते देखि सञ्चालनमा आएको छ ।
शितगंगा नगरपालिका न्यायिक समितीको आयोजना र सेयर सेन्टर सुर्खेतको सहजीकरण शितगंगा नगरपालिको आर्थिक ब्यावस्थापनमामा ४८ घण्टे मेलमिलाप सम्बन्धी तालिम सुरु भएको छ ।
स्थानिय तहलाई समेत न्यायिक अधिकारको ब्यावस्था भए बमोजिम स्थानिय स्तरवाट आउने विवाद निरूपण गर्ने उद्देश्यले उक्त तालिम सन्चालनमा ल्याइएको हो उक्त तालिममा १४ वटै वडाबाट २ र २ जना र नगरपालिकाका सरोकारवाला साखा न्यायिक समितिको सचिवालयका कर्मचारी न्यायिक समितिका पदाधिकारी गरि ३५ जना सहभागी भएको न्यायिक सचिवालय का मेलमिलाप कर्ता ऋषि घिमिरेले जानाकारी दिनु भयो ।

कार्यक्रम को उद्घाटन असार ९ गते न्यायिक समिति संयोजक तथा उप प्रमुख गिता भाटको अध्यक्षता नगर प्रमुख छबिलाल पौडेको प्रमुख आथिथ्यता तथा प्रमुख प्रसासकिय प्रमुख अर्जुन शर्मा वडा अध्यक्षहरु न्यायिक समितिका सदस्यहरुको विषेश आथिथ्यतामा भएको थियो ।
कार्यक्रम असार १४ गते सुक्रवार समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?