न्यूजपाना ,शितगंगा
USAID/CSM/The Asia Foundation र PAHAL Nepal Arghakhanchi को साझेदारीमा संचालित Girls For Girls Community Engagement for Education परियोजना अन्तर्गत आज शितगंगा नगरपालिकामा स्थानिय पाठ्यक्रम तथा निति सम्बन्धि अन्तरक्रिया तथा परामर्श बैठक सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा विद्यालय शिक्षा प्रणालीमा आवश्यक नितिगत सुधारको निम्ति विद्यमान समस्या , चुनौति र आवश्यकहरुको पहिचान गर्ने , तथा महिला , युवा ,किशोरी सिमान्तकृत समुदाय अपांगता भएका बालवालिकाहरुको शिक्षामा पहुँच ,सहभागिता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र स्थानिय पाठ्यक्रम एवम् पाठ्यपुस्तकमा सुधारका लागी पहल गर्ने उद्धेश्यले यो अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको थियो ।
शितगंगा नगरपालिकाले पाठयक्रममा शितगंगाको स्थानिय परिवेस , परम्परागत शिप प्रबिधी, आर्थिक कृयाकलापहरु,शैक्षिक, सामाजिक अबस्था,बन जंगल परावरण, भुगोल इतिहास सामाजिक मुल्यमान्यता नदिनाला खोलानाला मठमन्दिर , सामाजिक ब्यतिका जिवनी समेत समावेस गरेर वनाइएको स्थानिय पाठ्यक्रम वा विषयबस्तुमा सुधार तथा पाठ्यपुस्तकमा व्यवाहारिक सुधार ,र ऐन निति गत तहमा सुधार गर्नुपर्नेमा शितगंगा नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक ,बुद्धिजिवि युवा छात्रा तथा अन्य सरोकारवालाहरु सुझावहरु दिनुभएकोे थियो ।
समग्रमा महिला , युवा तथा सिमान्तकृत समुदायका किशोरीहरुलाई गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने साथै स्थानिय सरकार, अभिभावक ,स्कुल प्रशासन , विद्यालय व्यवस्थापन समितिलाई उत्तरदायी बनाउन कार्यक्रमले भुमिका खेल्ने परियोजना संयोजक खेमराज मरासिनीले बताउनु भयो जस्ले गर्दा विद्यालय छाड्ने विधार्थी संख्यामा पनि कमी आउने व्यक्त गर्नु भएको थियो ।
परामर्शदाता सन्जयकुमार पासीको सहजीकरण तथा Girls For Girls Community Engagement for Education परियोजनाका संयोजक खेमराज मरासीनीको सञ्चालनमा स्थानिय पाठ्यक्रम तथा निति सम्बन्धि परामर्श बैठक सम्पन्न भएको हो ।