नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं। ३ मा संगठनले नयाँ गति लिएको छ। निर्वाचनको समयमै काग्रेश रुपान्तर सहित आए पछि अहिले काग्रेसमा उर्जा छाएको छ । कपिलबस्तु ३ मा पनि काग्रेसमा केन्द्रमा सरह परिर्वत सहित नेताकार्यक्रता चुनावमा होमिएका छन । धेरै युवाहरुको लोकपृय अभिषेक प्रताप शाहलाई सिफारिस नगरे पछि रुष्ट रहेका कार्यक्रता शाहकै उमेदवारी परे पछि अहिले चुनावमा होमिएका छन । कपिलबस्तु ३ मा बिभिन्न रणनितिक योजना रहित निर्वाचन परिचालन समितिहरु बनेका छन । निर्वाचनले युवा कमाण्डर अमर पौडेललाई पार्टीले भातृ तथा शुभेच्छुक संस्था परिचालन समितिको संयोजकमा अमर पौडेललाई नियुक्त गरेर निर्वाचनमा घरदैलो सुरु गरेको छ ।
पार्टी सभापति गगन कुमार थापाको नेतृत्वमा ललितपुरस्थित बीपी स्मृति भवनमा सम्पन्न बैठकले पौडेललाई संयोजकको जिम्मेवारी दिएको हो। लामो समय नेविसंघ र तरुण दलमा सक्रिय रहँदै आएका पौडेललाई नेताहरूले जुझारु, समर्पित र संगठनलाई गहिरो रूपमा बुझ्ने नेतृत्वकर्ता भनेर मूल्याङ्कन गरेका छन्।
नेपाली काँग्रेसका नेता अभिषेक प्रताप शाहका अनुसार पौडेलले क्षेत्रका सबै तहका कार्यकर्तालाई एकताबद्ध गर्दै पार्टीको सन्देश जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने क्षमता राख्छन्। उनका अनुसार पौडेलको नेतृत्वमा संगठन केवल सक्रिय मात्र नभई अनुशासित, परिणाममुखी र रणनीतिक रूपमा मजबुत बन्ने अपेक्षा गरिएको छ।
माघ २२ गते कृष्णनगरमा आयोजना हुने क्षेत्रस्तरीय भेलाले तल्लो तहदेखि उच्च तहसम्मका कार्यकर्तालाई एकीकृत गर्ने अवसर प्रदान गर्ने नेताहरूको विश्वास छ। उक्त भेलाले आगामी राजनीतिक कार्यक्रम र निर्वाचन तयारीमा संगठनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
नेविसंघ र तरुण दल हुँदै पार्टीको उपल्लो तहसम्म जिम्मेवारी सम्हाल्दै आएका पौडेल समाजमा विद्यमान बेथितिका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। सामाजिक क्षेत्रमा पार्टी र राजनीतिभन्दा माथि उठेर सबै समुदायमाझ लोकप्रिय बनेका पौडेलप्रति विशेषगरी युवाहरूको उल्लेखनीय विश्वास रहेको नेताहरू बताउँछन्।
राजनीतिक रूपमा अब्बल मानिएका पौडेल चुनावी रणनीतिमा दक्ष व्यक्ति मानिन्छन्। बिपक्षी दलसँग समेत समन्वय गर्दै मत तान्न सक्ने क्षमता देखिएकै कारण पार्टीले उनलाई निर्वाचन कमान्डरको भूमिकामा अघि सारेको बताइएको छ।
नेताहरूको विश्वास छ, अमर पौडेलको नेतृत्वले कपिलवस्तु क्षेत्र नं। ३ मा नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा थप प्रतिस्पर्धी र प्रभावकारी बनाउनेछ।






