विक्रम आचार्य शितगंगा
लोप हुन लागेको संस्कृतीको संरक्षण गर्ने उद्देश्यका साथ शितगंगाको ऐतिहासिक सक्तिपिठ मगराकोट माई भगवती मन्दिर शितगंगा ७ कोटमा आज एकादशीका दिन सँराय नाच तथा फुलपाती विर्सजन कार्यक्रम आयोजना हुने भएको छ ।
सदियौ देखि चलिआयको एकादसिको दिन सराय नाच अहिले पनि सब्य भब्य तरिकाले गरि फुलपाती विर्सजन गर्ने कार्यक्रम रहेको र यो ऐतिहासिक सक्ति पिठ भगवती मन्दिर रहेकोले सबैलाई दर्शन तथा अवलोकन गर्न आम जनसमुदायमा निमन्त्रणा गरेको स्थानिय घन बहादुर सारुले बताउनु भयो ।
मन्दिरको नजिक विगत्मा भुरे राजा हरु बसेको अनुमान गर्न सकिन्छ त्यहा एउटा इनार छ अनि वारुद पिस्ने ढुङ्गा पनि रहेको छ त्यसैले ऐतिहासिक सक्ति पिठ मानिएको हो ।