कृष्णनगर भन्सारद्धारा बैशाखसम्म लक्ष्यको ७० प्रतिशत राजस्व संकलन

जेठ २ न्युजपाना
जिल्लाको सबैभन्दा ठुलो भन्सार कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८०–८१ को बैसाख मसान्त सम्म तोकेको लक्ष्यको जम्मा ७० .७६ प्रतिशत राजस्व उठाउन सफल भएको छ । कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८०–८१ बर्षमा ५ अर्ब १५ करोड ५१ लाख ४९ हजार लक्ष्य दिएको थियो ,बैशाख मसान्तको अन्त सम्म ३ अर्ब ६४ करोड ६७ लाख १८ हजार राजस्व उठाउन सफल भएको जुन लक्ष्यको करीब ७० प्रतिशत मात्र राजस्व उठाउन सफल भएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख मान बहादुर पौडेलले जानकारी दिए ।
बार्षिक लक्ष्य हो अझै २ महिना बाँकी रहेको ब्यापार मन्दी आदि बिभिन्न कारणले लक्ष्य पुरा नहुने सक्ने अधिकृत पौडेलले जानकारी दिए । प्रत्येक माहिनमा भन्सार कार्यालयको एउटा लक्ष्य निर्णय गरेको हुन्छ जनु बैशाख मसान्तको लक्ष्यको हामी मासीक लक्ष्यको करीब ८० प्रतिशत भन्दा माथि राजस्व उठन सफल भएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । कष्णनगर भन्सार कार्यालयबाट मुख्य आउने मालबस्तु अधोगीक भन्सार भएकोले औधोगिक कच्चा पदार्थ बढी आउने गरेको ,कोईला ,बियर बोतल ,केन , सिमेन्ट कच्चा पदार्थहरु , गहुँदाना , खसीबोका , भेनियर सिट , बिभिन्न जताका फलफुल , जुत्ताचप्पल , यी बस्तुहरुने बढी आयत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

छुटाउनुभयो कि ?