३० पुस २०८२, बुधबार
३० पुस २०८२, बुधबार

शितगंगा नगरपालिका–८ लाहापेमा बजार अनुगमन

शितगंगा नगरपालिका, वैशाख २५ – शितगंगा नगरपालिकाको बजार अनुगमन समितिले वडा नम्बर ८ अन्तर्गत पर्ने लाहापे क्षेत्रमा बजार अनुगमन गरेको छ। अनुगमन टोलीले किराना पसल, होटल, फेन्सी पसल लगायतका व्यवसायहरूमा अनुगमन गर्दै लामो समयदेखि नवीकरण नगरिएका पसलहरूलाई आगामी ७ दिनभित्र नवीकरण गर्न निर्देशन दिएको छ।

नगरपालिकाको उद्योग शाखा प्रमुख अजय यादव, ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह बिष्ट, उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थी लगायतको टोलीले संयुक्त रूपमा अनुगमन गरेका हुन्। अनुगमनको क्रममा व्यवसायीहरूलाई कानूनी प्रक्रिया पालना गर्न, मूल्य सूची प्रष्ट देखिने स्थानमा टाँस्न र म्याद नाघेका वस्तु नबेच्न निर्देशन दिइएको छ।

साथै, वडा नम्बर ८ मै रहेका केही होटल र पेट्रोल पम्पले नगरपालिकामा वार्षिक २५ हजार रुपैयाँ राजस्व तिर्दै आएको भए पनि फोहोर व्यवस्थापनमा कुनै सहयोग नगरेको गुनासो पनि उठाइएको थियो। नगरपालिकाले यस विषयमा आवश्यक कदम चालिने बताएको छ।

अनुगमन टोलीले स्थानीय तहमा दर्ता भएका तर विगत कैयौं वर्षदेखि नवीकरण नगरिएका अधिकांस पसलहरूप्रति चिन्ता व्यक्त गर्दै समयमै प्रक्रिया पूरा नगरे थप कारबाही गरिने चेतावनी दिएको छ। शितगंगा नगरपालिकाले यस प्रकारको अनुगमनलाई नियमित रूपमा अगाडि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • हाँस्यास्पद (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

सितगंगा नगरपालिका नगरसभाको १८औँ अधिवेशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?