विक्रम आचार्य शितगंगा /अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ६ दाङ्सिङ पाखापानी निवासि टिका बहादुर बादी आफु शारिरिक रुपमा असक्त भएपनि पुर्खौली देखि चलि आएको मादल बनाउने पेसा अगाल्दै बनाउन र मर्मत गर्न व्यस्त देखिन्छन् । तिहारको चहल पहल बढे संगै भैलो खेल्नेका लागि मादल बनाउन मर्मत गर्न आउदा आफु व्यस्त रहेको टिका वादि बताउछन् । तिज लागे पछि मादलको पनि सिजन सुरु हुन्छ पहिला जस्तो अहिले तिजको समयमा नँया मादल बनाउने,पुरानो खरी लगाउने चलन अहिले कम भएको अनुभव टिका बादीको छ । तिहार लागे पछि पहिला पहिला महिनै अगाडी देखि भैलो खेल्नेहरुले मादलको अडर गर्दे राम्रा मादल भएकाहरुले खरी लगाउन महिना दिन अघि देखिनै ल्याउथे करिव १÷२ महिना मादल बेच्न र बनाउन भ्याइ नभ्याइ हुने गरे पनि अहिले त्यस्तो अबस्था छैन तर पनि सिजनमा आफुलाई पुग्ने काम आइरहेको उनले बताए । एउटा मादल २ दिनमा बन्छ एउटा मादलको मुल्य ३५ सय देखि ८ हजार सम्म पर्ने गर्छ खमारीको काठबाट बनेको मादल सबै भन्दा राम्रो मानिन्छ ।
अरु समयमा भन्दा अहिले मादलको माग बढिछ राम्रो मादल बिक्री गर्दा मूल्य पनि राम्रै पाइन्छ मादल बनाउने चाहिने सामान बिभिन्न बजारबाट ल्याउनु पर्छ ,आवश्यक छाला ल्याउन सुकाउन पनि अहिले अलि झनझट हुन्छ बाहिर वजारबाट सामान ल्याउन शारिरिक रुपमा अशत्त रहेकोले समस्या हुने गरेको बताए । यो उनको बाबुको पुर्खौली पेशा हो बाबुले पनि यसरी नै मादल बनाएर आम्दानी गर्ने गरेको र सोही देखेरै यो काम आफुले सिकेको अनुभव उनले सुनाए । अगाडी थप्दै उनले भने “गाउँघरमा मादल बनाउने कोही छैनन्, सङ्कटमा परेको यस व्यवसायलाई संरक्षण गर्दै व्यावसायिक रूपमा लागेको छु, निरन्तर लागे र काम पुराउन सके यसमा भविष्य छ, बुबाको पेसालाई मैले बुढ्यौलीसम्म धान्ने प्रण गरेर यसमै लागेको छु” । कहि कतै जान नपर्ने घरको पिँढी, कोठामा बसेर काम गरिरहदा काम गर्न र आम्दानी गर्न सजिलो छ । उनका अनुसार मादल खरिद गर्न ग्राहक घरमै आउँछन्
चाडपर्वसँगै सांस्कृतिक कार्यक्रमहरुमा मौलिक बाजाभन्दा बढी प्रविधिमा आधारित साउन्ड सिस्टम डेग, हातहातमा मोबाइलले सुविधा दिन थालेपछि स्थानीय कच्चापदार्थ प्रयोग गरेर बनाइने मादल बिक्री कम हुने गरेका छन । “मादल मर्मत गर्न आउने पहिलाको तुलनामा धेरै कम छन । पछिल्लो समय मादल बनाउने ब्यक्ति अति न्युन हुँदा माग अनुसार उत्पादन हुन सकेको छैन मादल बनाउने यँहाका वादि समुदायको पुर्खौली पेसा अहिले लोप हुने अवस्थामा छ अहिलेको पुस्ताले मादल बनाएका छैनन् पुराना पुस्ताको सिप अहिलेको पुस्तामा हस्तान्तरण नहुँदा यो पेसा नै संकटमा देखिन्छ । यसलाई निरन्तरता दिन स्थानिय सरकारवाट प्रोत्साहनको कार्यक्रम ल्याउनुपर्ने जरूरी देखिन्छ ।