रेडियो शितगंगा बैसाख ५
ज्योती भबिश्वर बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको महायज्ञमा भत्तजनको घुइचो लागेको छ बिहान बिभिन्न पुजा गर्ने स्थानियहरुको उपस्थिती हुने गरेको छ महायज्ञमै चौरासी पुजा, तुलादान, ग्रहशान्ती ,लक्षबती लगायतका पुजा गर्ने टाडाटाडाबाट आउने गरेका छन सम्पुर्ण ब्यवस्थापन महायज्ञमै हुने भए पछि निकै सहज भएको महायज्ञमै चौरासी पुजा गर्न आएका भत्तजनको अनुभव छ ।
क्याम्पसको भवन अलपत्र भएकोले निमार्ण अभियानमा सहयोग गरेको महायज्ञका दानबीर राम प्रसाद बेल्बासेले बताउनु भयो । यस्तै क्याम्पसको १२ कोठा मध्ये ४ कोठा मात्र सम्पन्न भएका छन अन्य कोठा निमार्णको लागि समेत अहिले स्थानियले घोषण गरिरहेका छन महायज्ञमै घोषणा गदै २ वटा कोठा निमार्णको लागि शितगंगा ४ निवासी हुम बहादुर बेल्बासेले जिम्मा लिनु भएको छ भने एक कोठा कुलराज पौडेलले निमार्ण गरिदिने प्रतिवद्धता ब्यत गर्नु भएको छ ।
यस्तै शिथगंगा ३ निवासी केदार बेल्बासेले एक कोठा निमार्णको जिम्मा लिनु भएको छ भने शितगंगा १३ निमासी उपसचिव राजन बिसीको परिवारबाट एक कोठा निमार्णको प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । क्याम्पसको भवन निमार्णमा एक इटा थपियोस भनेर शुसका साथ १ लाख ११ हजार एक सय ११ दान गर्नु भएका राम प्रसाद बेल्बासेले सबैले हाम्रा सन्ततीको भबिश्यको लागि सक्दो सहयोग गर्न अनुरोध गर्नु भयो ।
महायज्ञमा कथा वाचन , बिभिन्न नाटक प्रर्दशन र सन्ध्या आरती आर्कषण बनेको छ बिहान देखि राती ११ बजे सम्मनै भत्तजनको उपस्थिती रहने गरेको छ । महायज्ञमा प्रमुख वाचक विश्व बिख्यात बाल योगेश्वोर श्री बिजय कृष्ण मुर्तीजी महाराजको मुखार बिन्दु बाट कथा प्रबचन भइरहेको छ ।