प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला

प्यूठान ३ मंसिर। प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परेका छन्।जिल्लाको नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको पाखोमा मृत अवस्थामा फेला परेका हुन्।जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाका अनुसार शुक्रबार राति आमा रिमाको शव फेला परेको हो।

रिमाको शव फेला परेभन्दा केही पर शनिबार दिउँसो दुई बजे छोराको शव फेला परेको हो।रिमा र मुस्कान कात्तिक २७ देखि हराइरहेका भनिएको थियो। उनीहरू हराएको खबर शुक्रबार मात्रै माइती पक्षले प्रहरीमा दिएका थिए।रिमाका श्रीमान कमल बुढा मगर घरमै भए पनि उनीहरू हराएका बारेमा प्रहरीमा कुनै सूचना दिएका थिएनन्।

भिर मुन्तिर खरबारीको कान्लोमा फेला परेको आमाछोराका शवमा घाउखत रहेको डिएसपी थापाले बताए। तर चोट भिरबाट लडेर लागेको हो वा हत्या गरी कसैले खसालेको हो भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको उनले बताए।घटना अनुसन्धान गर्न रिमाका २३ वर्षीय श्रीमान कमललाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको पनि डिएसपी थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई रिफ्रेसर तालिम

0

स्थानियतह लाई दुख दिने डिएफओ को सरुवा

0

मुख्यमन्त्री आचार्यद्वारा प्रथम रुरुक्षेत्र शालग्राम महोत्सवको उद्घाटन

0

शितगंगा नगरपालिका द्वारा वडा नम्बर ६ मा घुम्ती शिबिर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?