२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

शितगंगामा प्रमुख प्रशासकीय  अधिकृतको स्वागत

  1. अर्घाखाँचीको शितगगा नगरपालिकामा  प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई स्वागत गरिएको छ ।

सापकोटालाई नगरप्रमुख छबिलाल पौडेल उपप्रमुख गीता भाट , योजना शाखा प्रमुख नुमलाल खनाल ,इञ्जिनिय बिबक केसी विभिन्न शाखा प्रमुख  लगायतका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई स्वागत गरेका छन ।


स्वागत कार्यक्रममा बोल्दै सापकोटाले यसअघि सन्धिखर्क नगरपालिकाकाे कार्यकारी अधिकृत र प्रमुख प्रशासकीय अधिकृत  गरि दुईपटक सन्धिखर्कमा सेवा गरे स्मरण गर्दै आफु कार्यरत  रहँदा सबैको साथको अपेक्षा गर्दै  सकारात्मक  प्रभाव सहितको सेवा प्रवाह प्रदान गर्नुपर्ने बताउनु भयो ।

नितिगत सुधार र बिकासका कार्यलाइ प्राथमिकता  साथ काम गरेर नगरपालिका लाई  सबल र सक्षम बनाउनु पर्ने बताउनु भयो ।

यस अघि विभिन्न स्थानिय तहमा कार्यरत रहँदा उत्कृष्ठ कार्य सम्पादनको  रुपमा परिचय समेत बनाएकोले शितगंगाको बिकासमा समेत ठूलो अपेक्षा रहेको नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो ।
यस्तै उपप्रमुख गीता भाटले अनियमितता र नितिगत सुधारका काममा जनप्रतिनिधिबाटै सुरु गर्नु परे पनि पुर्ण सहयोग रहन बताउदै कार्यालय ब्यवस्थापन र सहज सेवा पहुँचमा  प्राथमिकता दिएर अघि बढ्न अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • हाँस्यास्पद (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकामा  २९९ जना किशोरी लाई HPV खोप लगाउने लक्ष्य

0

कपिलवस्तु ३ मा काँग्रेसमा युवा निर्वाचन कमाण्डर

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?