ठाडाको मन्दिरमा बिधिवत रुपमा भित्राइयो फुलपाती

 

दशैंको सातौं दिन आज विभिन्न देवी देवताका शक्तिपीठहरुमा फुलपाती भित्राइएको छ । नेपालीहरुको महानचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि फु्लपाती धुमधामका साथ भित्राइएको हो ।नवरात्रीको सातौ दिन आज शत्तिपिठहरुमा फुलपाती भित्राइएको छ ।

अर्घाखाँचीका पनि बिभिन्न मन्दिरमा आज बिधिवत रुपमा फुलपाती भित्राइएको छ । शितगंगा नगरपालिकाको वडा नम्बर ३ मा रहेको कालिका भगवतीमाइ मन्दिर ठाडामा पनि फुलपाती भित्राइएको छ । मन्दिरमा बिधिवत पुजा गरि मालश्री वाचन गर्दै बिभिन्न स्थानबाट बिधिवतरुपमा फुलपाती भित्राउने प्रचलन रहेको छ ।

आज मन्दिरबाट निस्कीएको सयौ भत्तजनहरु सहितको टोलीले फुलपाती संकलन गरेको हो । ठाडाको मन्दिरमा जम्मा भएका स्थानियहरु बाजा सहित मन्दिरबाट निस्कनेर पुजास्थलमा पुगी पुजागरि सहभागीले दिएका फुल तथा भेटीहरु फुलपाती संकलन गर्ने डोलीमा संकलन गर्ने गरिन्छ ।

फुलपाती लिन निस्केको मन्दिरको टोलीमा स्थानिय सयौको सहभागिता रहेको थियो । फुलपाती लिन जाने टोलीका कोको हुने भन्ने चलन हुँदैन तथा धार्मिक आस्था राख्ने अधिकांसहरु फुलपाती लिने समारोहमा स्वतह सहभागी हुने प्रचलन छ फुलपाती लिन एक समुह बनमा जान्छन भने एक समुह स्थानिय मन्दिरदेखि डमरु दह सम्म पुग्छ । फुलपाती लिन आएका समुहका मुख्य पुजारीले सबै सँग फुल ,दक्षिणा फल लगायतका सामाग्री संकलन गरेर डोलीमा राख्ने चलन छ । यस दिन फुलपाती दिए पछि द्धादशीको दिन सरायपात्रा सहित बिस्रजन गर्ने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । सोही अवसरमा नेनेपाल प्रहरी प्रहरीले दुर्गा मातालाई सलामी समेत अर्पण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?