शितगंगा नगरपालिकाले शितगंगामा पलास्टिक फुल निषेध गर्ने निर्णय गर्यो । शितगंगामा कति स्थानमा फुल खेती छ कति माग छ भन्ने सामान्य ज्ञान समेतनराखि नगरपालिकाले स्टनबाजीको नाममा निर्णय गर्यो निर्णय त गर्यो तर त्यो निर्णयले नत ब्यापारिलाइ छोयो नत उपभोक्तालाई नत यसले पुष्पब्यवसायहरुलाइ नै छोयो ।
नगरपालिकाले सिमित परिधिका गएर गरेको यो निर्णय लागु गर्न सकेमा राम्रो होला पुर्वतयारि सहितको निर्णय भएको भए पनि यहाका उपभोक्ता तथाब्यापारिको मनासय त्यहि अनुसारको हुने थियो तर यो निर्णय अहिले हात्ती लम्कदै जाने र कुकुर भुक्दै जाने उखान भन्दा फरक छैन ।
अहिले शितगंगाका बजारमा पलास्टिकका माला यत्रतत्र बिक्रिका लागि राखिएका छन यि मालाहरु नगरको निर्णय अघिनै छन लगानी राखेर ब्यापारका लागिराखिएका मालाको बजार नत गत बर्षहरुमा उत्साहजनक थियो न त अहिले हुनेछ शितगंगा क्षेत्रमा यसै पनि अधिकांसले फुलकैमाला तिहारमा प्रयोग गर्छन भनेसिमित ब्यतिले पलास्टिकका मालाहरु प्रयोग गर्ने गरेका छन तयसैले पनि नगरपालिकाले गरेको यो निर्णयले खासै जनस्तरमा फरक पार्दैन ।
शितगंगा नगरपालिकाले छिमेकि जिल्लाहरुमा गरेको निर्णय देखेर प्रभाबित भएको हुनु पर्छ तर दाङको राप्ति गाउँपालिका लगायतका स्थानिय तहले गतअसोजमै निर्णय गरेर एक महिना पछि मात्र कार्यान्वयनमा ल्याएका छन ।
रुपन्देही दाङ लगायतका जिल्लामा अहिले नगरपालिकाहरुले बजारमा अनुगमन गरेरजफत पनि गरिरहेका छन निषेध गरे पछि प्रयोग रोक्न सके मात्र सार्थक हुन्छ तर नगरपालिकाले बिदा हुनै लाग्दा हतारमा निर्णय गर्यो तर कार्यान्वय गर्न शुन्यसक्रियता देखायो जस्ले गर्दा नगरको सरकारको निर्णय नै अलपत्र बन्यो भोली हुने यस्ता नगरका महत्वपुर्ण निर्णयमा पनि जनताले घोषणाको लागि मात्र ठानेरबिश्वास नगर्ने हुन सक्नेछ ।
नगरपालिकाले ब्यवसायिक पुष्प खेती गर्नेहरुको प्रोत्साहन गर्न यो निर्णय गरेको जस्तो देखिन्छ तर नगरपालिकाले कति खपत गर्ने हो र कति बाहिर पठाउनुपर्नेहो भन्ने तथ्याङ्क राखेको छैन त्यसैले पनि नगरपालिकाले यो निर्णय यँहाको फुल ब्यावसायहरुको निम्ति सहज पहुचमा सहयोग गर्नु पर्छ नगरपालिकालेशितगंगा १३ मा रहेको पुष्पखेती अनुगमन पछि यो निर्णय गरेको देखिन्छ तर त्यहि खेती सम्म जाने सडक नगरले मर्मत गर्न सकेको छैन उनिहरुको सडक पहुचसम्म ढुवानीमै ठुलो रकम खर्च हुने देखिन्छ भने बिजुली लगायतका सुबिधा समेत ब्यवसायीले पाएका छैन्न ।
शितगंगा २,११, ८ लगायतका किसानले पुष्प खेती गरेका छन ।
नगरपालिकाले पलास्टिक माला प्रयोगमा रोक लगायो तर यसको अनुगमन नियमन कस्ले गर्ने कुनै कुराको आधिकारिकता छैन साथै ब्यापारिहरुको संस्थाउद्योग बाणिज्य संघ ,प्रशासन कतै नत यसको जानकारिछ नत यसको अनुरोध छ नगरपालिकाले निषेध गरे पछि बिक्री गरिनु अबैध हो की हैन कस्ले कसरीबुझ्ने नगरपालिकाले अर्थहिन निर्णय गरे पनि आगमी दिनमा कार्यान्वयन गर्न सकोर र यहाँ हुने बिभिन्न कार्यक्रमहरुमा समेत स्थानिय फुलको प्रयोगमाप्राथमिकता दिन सकोस ।