सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

 

 

 

विक्रम आचार्य बुटवल

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरसिया सडक आयोजना सरकारी समन्वय अभाव र बढ्दो महँगीका कारण प्रभावित बनेको छ। विश्व बैंकको सहयोगमा नेपाल सरकारले एसियन हाइवे मापदण्डअनुसार अघि बढाएको उक्त आयोजना पछिल्लो समय सुस्त गतिमा सञ्चालन भइरहेको छ।

गत वर्ष कार्तिक महिनामा सम्झौता भई SCEGC–ANS JV ले निर्माण कार्य सुरु गरेको थियो। प्रारम्भिक चरणमा उल्लेखनीय प्रगति देखिए पनि हाल निर्माण कार्यमा ढिलाइ भएको पाइएको छ।

निर्माण कम्पनीका प्रतिनिधिहरूका अनुसार सरकारी निकायबीच समन्वय अभाव र सामग्रीको मूल्यवृद्धि मुख्य समस्या बनेका छन्। आयोजना पक्षले नेपाल विद्युत प्राधिकरणले सार्नुपर्ने विद्युतका पोल समयमै स्थानान्तरण नगर्दा काम प्रभावित भएको जनाएको छ। पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको उनीहरूको गुनासो छ।

त्यसैगरी, माटो, ढुंगा, गिट्टी जस्ता निर्माण सामग्री संकलनमा पनि विभिन्न अवरोधहरू देखिएका छन्। वन, नदी तथा चुरे क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरूको ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र निर्णयमा हुने ढिलाइका कारण निर्माण कार्यमा समस्या थपिएको बताइएको छ।

निर्माण व्यवसायीहरूले सहजीकरणका लागि पटक–पटक आग्रह गरे पनि सरकारी निकायबाट पर्याप्त सहयोग नपाएको बताएका छन्। बढ्दो महँगीका कारण निर्माण लागत बढ्दै गएको र काम सञ्चालन गर्न कठिन भइरहेको उनीहरूको भनाइ छ।

यस आर्थिक वर्षमा करिब १६ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि बिटुमिन अभावका कारण लक्ष्य अनुसार काम अघि बढ्न सकेको छैन।

निर्माण पक्षले आफूहरू काम गर्न तयार रहेको जनाउँदै सरकारले आवश्यक सहजीकरण, समन्वय र मूल्यवृद्धिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

यस्तो महत्वपूर्ण राष्ट्रिय आयोजनामा सरकारी समन्वय अभावका कारण ढिलाइ हुनु दुःखद भएको भन्दै सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गरी छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

शितगंगामा २ परिक्षा केन्द्रबाट ६१३ जनाले SEE परिक्षा दिँदै

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?