विजय कुवरले सौजन्य गरे विद्यालयको गेट रङ रोगन 

विक्रम आचार्य शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं . ६ को सानाढुङ्ग्रे मा रहेको श्री सिद्धार्थ आधारभुत विद्यालय को गेटको चिटिक्क परेको रङ रोगन आफ्नो जन्मस्थान रहेको ठाउँको विद्यालय आफुले पढेको विद्यालय हाल बसाई बुद्ध भुमी ९ धमौली निवासी हाल रोजगारीको शिलसिलामा युरपियन मुलुक पोल्याण्ड मा कर्मथलो बनाएका विजय कुवरले गेटको रङ आफ्नै पैसाले लगाएका छन् ।

न्युज पानाले मिडियाले रङको लागि सुचना राखेपछि विजय कुवर सम्पर्कमा आएर पैसा पठाई रङ लगाउन जिम्मा दिएको र अहिले रङ लगायर गेट चिटिक्क भएको उहाँ विजय कुवरलाई स धन्यवाद दिईएको र अनुकुल समयमा विद्यालयमा बोलायर सम्मान गर्ने विद्यालयको सोच रहेको विद्यालय ब्यावस्थापन समिती अध्यक्ष भुपाल सारुले बताउनु भयो ।

सामाजिक युवा व्याक्तित्व बिजय कुवरले अन्य बुद्धभुमिका स्कुलमा पनि रङ रोगन गरिसक्नु भएको छ कुनै विद्यालयमा पोशाक झोल कापि विद्यार्थीलाई प्रधान गर्नुभएको छ । आफ्नै पहलमा बुद्धभुमि मा मन्दिर पनि निर्माण भएको छ । मनका धनी सामाजिक व्याक्तित्व कुवरले यस्ता खेलाडी प्रोत्साहन तिजगित प्रतियोगिता लगायतका क्षेत्रमा पनि आर्थिक योगदान दिदै आउनु भएको छ ।

आफुले मेहनत गरेर कमाएको रकम थोरै भएपनि बचत गरि विद्या मन्दिर लगायत सामाजिक क्षेत्रमा लगानी गर्न पाउदा आफुलाई आनन्द महसुस हुने गरेको मनका धनि सामाजिक युवा व्यक्तित्व विजय कुवरले बताउनु भयो ।

नेपालमा रोजगार नभए पनि बाहिर रहेर पनि केहि पैसा बचायर सामाजिक क्षेत्रको विकाशमा टेवा पुऱ्याउन सकिदो रहेछ भन्ने प्रष्ट उदारण हुन विजय कुवर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?